दाङ, मंसिर १५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।
बालेनका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह १२ बजेतिर नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
आयुर्वेद डाक्टर रामनारायणलाई आइतबार नै अस्पताल लगिएको थियो । पिसाबसम्बन्धी संक्रमण देखा परेको र त्यो ंक्रमण शरीरमा फैलिएको हुँदा मस्तिष्कमा पनि असर देखिएको थियो।
बिहान मात्रै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटी रामनारायणको अवस्था बारे जानकारी लिएकी थिइन । रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार