२०८२ माघ ३ गते शनिवार

दाङमा एमालेको सर्वसम्मत प्रतिनिधि छनोट

तुलसीपुर, मंसिर १३ । नेकपा (एमाले) दाङले ११औं केन्द्रीय महाधिवेशनका लागि सर्वसम्मतिमा प्रतिनिधि छनोट गरेको छ ।

मंसिर २६ देखि २९ गतेदसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि दाङबाट २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरिएका हुन ।

जस्लाई कतिपयले एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला बाट एकताबद्ध सन्देश प्रवाह भएको तर्क गरेका छन् भने कतिपयले भने पार्टी भित्र स्वइच्छाचारी प्रबृति हाबी भएको तर्क गरेका छन् ।

पोखरेलको गृह जिल्ला दाङमा जिल्ला अध्यक्ष महासचिव पोख्रेलकै बहिनी ज्वाँइ शिवकुमार शर्मा छन् । महासचिव पोखरेलकै चाहाना अनुरुप इच्छाइएका ब्यक्तिहरु मात्रै प्रतिनिधिका रुपमा छनोट गरि पठाइएको भन्दै कतिपयले बिरोध गर्न थालेका छन् ।


त्यस्तो बिरोध गर्ने मध्यका एक महाधिवेशन प्रतिनिधि छनौट प्रति असहमति जनाउँदै लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पूर्व जिल्ला संगठन बिभाग प्रमुख कृष्णप्रसाद भुसालले केन्द्रीय पार्टी संगठन विभागमा उजुरी दिएका छन् ।

जस्मा भुसालले केन्द्रीय नीति बिधान र संगठन बिभागले बनाएको मापदण्ड अनुरुप प्रतिनिधि छनोट नगरिएको बताएका छन् ।


भुसालले विधि र प्रक्रिया विपरीत एकलौटी ढंगले आँफुखुसी प्रतिनिधि छनोट गरि पठाइएको भन्दै बिरोध जनाएका छन् ।

प्रतिनिधि छनोट गर्दा मतदाता नामावली र निर्वाचन कार्यतालिका प्रकाशित नगरिएको उनले गुनासो गरेका छन् ।
स्वच्छिक तरिकाले प्रतिनिधि पठाएर जिल्लाका १० हजार ६०० संगठित प्रतिनिधिको हक अधिकार कुण्ठित गरिएको भन्दै भुसालले बिरोध जनाएका छन् ।

तर, जिल्ला उपाध्यक्षम मनोहर बुढाथोकीले भने आँफु प्रतिनिधिमा छनोट नभएपछि कतिपयले अनावश्यक बखेडा झिक्न खोजेको बताए ।


बिधि संगत तरिकाले प्रक्रिया पुरा गरि प्रतिनिधि टुँग्याइएको उनले दाबी गरे । त्यस्तै उनले सबैको अभिमत बुझेरै सर्बसम्मत रुपमै जिल्ला पदाधिकारीलाई प्रतिनिधि चुन्न म्यान्डेट प्राप्त भए अनुरुपमै प्रतिनिधि छनोट गरिएको उनले बताए ।


बुढाथोकीले सर्वसम्मत प्रतिनिधि छनोट गर्दा पार्टी एक ढिक्का रहेको म्यासेज गएको दाबी गर्दै भविश्यमा नेपाली काँग्रेस लगाएत अरु दलहरुले पनि यो बिधि अनुसरण गर्नु उचित हुने तर्क गरे ।


प्रचार बिभाग प्रमुख संगीत बस्यालले पनि सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिनुले एमाले दाङको एकता झल्किएको बताए ।

प्रकाशित मिति : २०८२ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *