२०८३ साउन २४ गते आइतवार

तुलसीपुरको एक इट्टा उद्योगले वातावरणमा मनपरी गरेको भन्दै अदालतमा रिट


तुलसीपुर, मंसिर ११ । वातावरण जोगाउने विषयमा उच्च अदालत तुलसीपुरमा रिट दर्ता भएको छ ।

दाङ तथा बाँकेका विभिन्न संघ संस्था एवं व्यक्तिका तर्फबाट कतिपयले गरिरहेको अटेरीका विरुद्धमा बिहीबार रिट दायर भएको हो ।

उच्च अदालत बार एसोसियसन नेपालगंजका पूर्व अध्यक्षसमेत रहेका अधिवक्ता विकास आचार्य लगायतले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका हुन ।
रिटमा स्वच्छ वातावरणमा पाउनु पर्ने संवैधानिक हकलाई कतिपय उद्योगहरुले पालना नगरेको उल्लेख छ ।

दाङमा संचालित इट्टा उद्योगले पुस मसान्त पछि मात्रै इट्टा पोल्ने कार्य गर्नु पर्नेमा मंसिरमै आगो लगाउने कार्य गरेको रिटमा उल्लेख छ । यस्तो कार्यलाई रोकेर वातावरण संरक्षण गर्नुपर्ने रिटमा माग गरिएको छ ।


गत बर्ष नै यस विषयमा नेपाल सरकार उद्योग मन्त्रालयले गरेको पत्राचार विपरित तुलसीपुर उपमहानगरपालिका – १८ मा रहेको ‘जय श्री हनुमान फिक्स चिम्नी इट्टा उद्योग’ का संचालक गणेश घर्ती मगर र मनकुमारी घर्तीले मंसिरमै इट्टा उद्योगमा मंसिरमै आगो लगाएको भन्दै रिट दायर भएको थियो ।

यो बर्षपनि संघीय सरकार, प्रदेश उद्योग मन्त्रालय, जिल्ला घरेलु कार्यालय लगायतका निकायको आग्रहलाई अटेरी गर्दै आगो लगाइ बातावरणमा असर पार्ने काम गरेको रिटमा दोषारोपन गरिएको छ ।

रिटमा इट्टा उद्योगको अटेरी पनले गर्दा जिल्लाको वाताववरणमा नकारात्मक असर परेको, स्वास्थ्यमा असर पर्ने गरेको विद्यालय जाने बालवालिका, गर्भवति, जेष्ठ नागरिक लगाएतमा दिर्घकालिन रुपमा असर पर्ने भभ्न्दै उद्योगमा मंसिरमै आगो लगाउने कार्य रोक्ने आदेशको माग गरिएको छ ।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालयसमेत सरोकारवालाले हालै जिल्लाका विभिन्न सात वटा उद्योगमा अनुगमन गरेको थियो ।

ती मध्य तुलसीपुर–१९ मा रहेको सो उद्योगले मात्रै अटेरी गर्दै आगो लगाउने गरेको पाइएको रिटमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *