२०८३ साउन २८ गते बिहिवार

दाङमा २ दिनमा ओभरलोड बोक्ने ८० सवारी साधनलाई कारबाही

तुलसीपुर, मंसिर १० । दाङमा प्रहरीले दुई दिनमा ओभरलोड बोक्ने ८० सवारी साधन माथि कारबाही गरेको छ ।


मंसिर ७ र ८ गते जिल्लाका बिभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा ओभर लोड बोकेको पाइएपछि ८० वटा सवारी साधन कारबाहीमा परेका हुन ।

गिट्टी, बालुवा, ढुँगा र चुन ढुँगा ओसार पसारमा प्रयोग गरिएका मध्य मध्य अधिकाँस टिप्परहरु कारबाहीमा परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।


ओभर लोड बोकेको आरोपमा समातिएका ८० त्यस्ता सवारी साधनलाई जनही दुई हजारका दरले आर्थिक जरिवाना गरि छाडिएको थियो । त्यो कारबाहीबाट एक लाख ६० हजार राजश्व संकलन भएको डिएसपी शाहले जानकारी दिएका छन् ।


ओभर लोड बोक्नका लागि कतिपय सवारी धनिले टिप्परको ढाला पछि थप्ने गरेको पाइएको छ । त्यसरी पछि थपिएका ढाला काट्न ट्राफिक प्रहरीले उनीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *