तुलसीपुर, मंसिर ९ । टिभीएस कम्पनीको नयाँ मोडेलको ‘राइडर मोटरसाइकल’ तुलसीपुरका बजारमा आएको छ ।
टिभीएसको तुलसीपुरस्थित आधिकारिक बिक्रेता ‘एचबी अटो टेडर्स तुलसीपुर’ ले सोमबार नयाँ मोडेलको १२५ सिसीको ‘राइडर मोटरसाइकल’ सार्वजनिक गरेको हो ।
तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसीले सोमबार टिभीएसको तुलसीपुरस्थित शो–रुममा आयोजित एक कार्यक्रमका बीच उक्त मोटरसाइकलको लञ्चिङ गरेका हुन ।
यो मोटरसाइकलको बजार मूल्य तीन लाख ९ हजार निर्धारण गरिएको छ । ‘एचबी अटो टेडर्स’ तुलसीपुरका संचालक भ्युसन योगीले फाइनान्सको सुविधा समेत रहेको बताए । राइडर मोटरसाइकलले ६० किलोमिटरसम्मको एभरेज माइलेज दिने गरेको कम्पनीको दाबी छ ।
टिभीएस राइडर १२५ बिएस ६ इन्जिन र स्पोटी लुक्समा पनि उपलब्ध छ । यो मोटरबाइक युवा वर्गले मन पराएका छन् । पछिल्लो समय टिभिएसले अब १२५ सिसी सेगमेन्टमा नयाँ बाइकपनि थपेको छ । ‘एचबी अटो टेडर्स’ले बिभिन्न स्टाइलिष्ट स्कुटीहरु पनि बिक्री गर्दै आएको छ ।
बाणिज्य संघका उपाध्यक्ष केसीले तुलसीपुरमा ब्यबसायिक वातावरण श्रृजना गर्न निजी क्षेत्र लागि परेको भन्दै ढुक्क भएर ब्यबसायमा लगानी गर्न आग्रह गरेका थिए ।
नेपालका लागि टिभीएसको आधिकारीक विक्रेता भने जगदम्बा मोटर्स हो ।
