दाङ, मंसिर ४ ।प्रहरी प्रमुखका रुपमा एसपी अंगुर जिसी सरुवा भइ बाँके पुगे लगतै गुन्डागर्दी नियन्त्रण अभियानमा सक्रिय बनेका छन् ।
सरुवा भइ बाँके आएको एकाध महिनामै उनले पश्चिम नेपालको प्रमुख ब्यापारिक सहर नेपालगंज र आसपासमा हुँदै आएका गुन्डागर्दी नियन्त्रण अभियान प्रमुखताका साथ चलाएको बताउँछन् ।
पछिल्लो समय उनले ज्यान मार्ने उद्योगका फरार प्रतिबादी धमाधम पक्राउ गर्दै कानुनी कारबाहीको लागि पहल गर्न थालेका छन् ।
गुन्डागर्दीमा संलग्न रहेको आरोपमा लामो समयदेखि फरार रहँदै आएका दुई जना पक्राउ परेका छन् ।
नेपालगंज उपमहानगरपालिका – १८ का बिनय भण्डारीलाई प्रहरीले कात्तिक ३० गते बाँके प्रहरीले नेपालगंज – १ बाट पक्राउ गरेको छ ।
भण्डारीसहित सात / आठ जनाको समुहले एक युवक माथि गत बैशाख १३ गते नेपालगंज – १८ कारकाँदोस्थित सुर्खेत रोडमा ज्यान मार्ने उदेश्यसहित एक युवक माथि धारिलो हतियार प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए ।
सो घटनामा भण्डारी र उनको समुहका बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग अन्तगरतको मुद्दा थियो । त्यतिखेर सो समुहका अन्य केही पक्राउ परेपनि भण्डारी भने फरारको सूचिमा थिए ।
नेकपा एमाले निकटका मानिने भण्डारी राजनीतिक आडमा जोगिदै आएको भएपनि यतिखेर भने एसपी जिसीले उनीहरुलाई पर्कदै गुन्डागर्दी बिरुद्ध एक्सन लिएका छन् ।
एसपी जिसीका अनुसार भण्डारी बिरुद्ध २०७३/११/२४ गते सवारी ज्यान सम्बन्धि मुद्दा चलेको थियो।
त्यस्तै २०७८/१०/१४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा भण्डारीका बिरुद्ध डाँका चोरी शिर्षकमा मुद्दा चलेको थियो । २०७९/०९/१८ गते भण्डारीका बिरुद्ध जिप्रका बाँकेमा ज्यान मार्ने उद्योग अन्तरगतको मुद्दा चलेको थियो ।
त्यस्तै गुन्डागर्दी कार्यमा संलग्न रही फरार रहेका अर्का आरोपी राप्ती सोनारी गाउँपालिका – २ का समिर भनिने सरोज बिक्रम बिष्टपनि मंसिर २ गते पक्राउ परेका छन् ।
पक्राउ परेका बष्ट नेपाली काँग्रेस निकट मानिन्छन् । प्रहरीका अनुसार बिष्टसहित तीन जनाको समुहले ज्यान मार्ने उदेश्य राखी एक जना ब्यक्तिमाथि खुकुरी प्रहार गरि गम्भीर घाइते तुल्याएको प्रहरी बताउँछ ।
बिष्टका बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योग शिर्षकमा २०८१/१२/१९ गते मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत वाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । उनी मंगलबार नेपालगंज – १२ बाट पक्राउ परेका थिए ।
एसपी अंगुर जिसीका अनुसार बिष्टका बिरुद्ध यसअघि २०७६/०३/०६ मा, २०७७/०४/०२ मा, २०७७/१०/०७ मा, २०८०/१२/२० मा र पछिल्लो समय २०८१/०३/१८ गतेसहित पाँच पटक प्रहरीमा ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दाहरु परेका थिए ।
त्यस्तै बिष्टका बिरुद्ध २०७६/१०/०२ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा सार्वजनिक सम्पत्ति तोडफोड शिर्षकमा मुद्दा परेको थियो ।
पछिल्लो समय पक्राउ गरिएका भण्डारी र बिष्ट दुबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । दुबै जनाका बिरुद्ध अदालतमा थुनछेक बहस सुरु हुँदै छ ।
एसपी जिसीका अनुसार दुबै जना फरार सूचीमा रहेपनि खुलेयाम हिडी रहेको अवस्थामा पक्राउ परेका हुन । पहुँच र राजनीतिक आडमा ज्यान मार्ने उद्योग शिर्षकका फरार प्रतिबादी खोज्ने क्रममा उनीहरु पक्राउ परेको एसपी जिसीले बताए ।
प्रहरीमा मुद्दा रहेका तथा गुन्डागर्दीमा संलग्न रहेका अन्यको पनि खोजी अभियान जारी रहेको एसपी जिसीले जानकारी दिए । बाँके प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएपछि जिसीले अन्य यस्ता कारबाहीहरु जारी राख्ने बताएका छन् ।
