२०८३ साउन २४ गते आइतवार

निर्वाचनको वातावरण निर्माणमा सबै लाग्न जरुरी छ – मुख्यमन्त्री शाह

दाङ, कात्तिक २६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनको वातावरण निर्माणमा सबै लाग्न जरुरी रहेको बताएका छन् ।


बुधबार अछाममा सम्बोधन गर्दै नेपाली काँग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री शाहले मुलुक निर्वाचनको दिशामा अघि बढी सकेको भन्दै राजनीतिक र प्रशासनिक सबै निकायले निर्वाचनको पक्षमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

प्रधानमन्त्री सुशिला कार्कीले केही दिनअघि सातै प्रदेशका मुख्यमन्त्रीसँग गरेको भेटघाटको प्रसंग उल्लेख गर्दै उनले फागुन २१ गते निर्वाचन जरुरी रहेको बताए ।

प्रधानमन्त्री कार्कीले संविधान, व्यवस्था र संघीयताप्रति पूर्ण प्रतिबद्ध देखिएको भन्दै उनले आन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गराउनु हुने बताए ।

मुख्यमन्त्री शाहले तर, त्यसका लागि वातावरण निर्माण गर्ने र शान्ति–सुव्यवस्था कायम तथा आम जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने मुख्य दायित्व राज्यको हुनु पर्ने जोड दिए ।

‘ यस्तो बेला जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच आरोप–प्रत्यारोप होइन, विश्वास र सहकार्यको वातावरण निर्माण गर्न जरुरी छ,’ उनले भने ।

शाहले त्यसअघि छुट्टै अर्कौ कार्यक्रमलाई सम्बोधन गर्दै मानव सेवामूलक भावना रहेको नेपाली कांग्रेसभित्र पछिल्लो समय मानवीय संवेदना हराउँदै गएको गुनासो गरेका थिए ।


जेन्जी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा माथि साँघातिक आक्रमण हुँदा पनि पार्टीको कार्यसम्पादन बैठकमा सहानुभूति सम्म प्रकट नगरिएको तथा शीघ्र स्वास्थ्यलाभको कामनासमेत नगर्नु बिडम्बना मान्नु पर्ने शाहले बताए ।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *