२०८२ मङ्सिर २३ गते मङ्गलवार

अदालतको फैसलाका आधारमा एमाले अगाडि बढ्छ – शंकर पोख्रेल

तुलसीपुर, कात्तिक १३ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा एमाले अदालतको फैसलाका आधारमा अगाडि बढ्ने बताएका छ्न ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले संविधानको अन्तिम ब्याख्या गर्ने सर्बोच्चमा अहिले प्रतिनिधिसभा बिघटनको सन्दर्भ र स्वएम सरकार निर्माणको सवालमा मुद्दा परेर छलफल सुरु भइ सकेको हुँदा अब सर्बौच्चको फैसला जे फैसला गर्छ एमाले सोही अनुरुप अगाडि बढ्ने बताए । उनले भने ‘ सर्बौच्चको फैसला के आउँछ भन्ने कुराको टुँगो नभइकन अगाडि यो बाटोमा हिड्ने भन्ने कुरा हतार हुन्छ भन्ने मलाई लाग्छ ।’
प्रतिनिधिसभा पुर्नंस्थापना कि निर्वाचन ? भन्ने कुरामा आँफुहरु प्रतिनिधिसभा बिघटन संविधान सम्मत नभएको कु्रामा अडिग रहेको उनले जिकिर गरे ।
महासचिव पोख्रेलले चुनाब हुन्छ भन्ने कुरा ठेगानै नभएको अहिलेको परिस्थिति रहेको तथा अर्कौ तर्फ प्रतिनिधिसभा बिघटनकै प्रश्नमा मुद्दा परेर बहस भइ रहेको अवस्थामा चुनावको बिषय गौन बनेको दाबी गरे ।
जेनजी आन्दोलन पछि पहिलो पटक गृह जिल्ला दाङ आएका पोख्रेलले मुख्य बिषय सर्बौच्च अदालतको फैसला के हुन्छ भन्ने कुरामा आँफुहरुको ध्यान रहेको भन्दै अदालतको फैसलालाई मानेर सोही फैसलाका आधारमा निर्णय गरिने बताए ।

प्रतिनिधिसभा पुनस्थापना भयो भने पनि आँफुहरु पुनस्थापित संसदका माध्यमबाट जेनजी युवाहरुका मागहरुलाई सम्बोधन गरी सबै राजनीतिक दलहरुको सहमति हुन्छ भने अर्ली इलेक्सनका पक्षमा पनि जान सकिने उनले बताएका थिए ।
अदालतमा चलिरहेको मुद्दाका कारणले चुनाब हुन्छ कि, संसद ब्यूँतिन्छ ? भन्ने कुराको टुँगा नै नभएको हुँदा अहिले चुनाब हुने परिस्थिति नरहेको उनको दाबी थियो ।
चुनाब हुनका लागि शान्ति सुरक्षाको प्रत्याभूति चुनाबका लागि सबै भन्दा महत्वपूर्ण आधार भएपनि अहिले त्यस्तो अवस्था नरहेको उनले बताए ।
राजनीतिक दलहरु आफ्ना अभियानहरु बोकेर जनताको बीचमा जान सके मात्रै निर्वाध रुपमा निर्वाचन हुन सक्ने भन्दै अहिले सम्म सरकार स्वएंमले त्यो वातावरणको बारेमा आस्वास्त पार्न नसकेको उनले बताए ।
त्यस्तै उनले जेलबाट भागेका कैदी बन्दीलाई पुनः नित्रन्त्रण, लुटिएका हतियार फिर्ता गराउने कुरा नभइ चुनाब हुन कठिन हुने बताए ।
यदि साँच्चै चुनाव गराउन खोजेको हो भने सरकारका प्राथमिकता भदौ २३ र २४ गतेको अपराधमा संलग्नहरुलाई कानुनी रुपमा नियन्त्रण गर्नुपर्ने उनको माग थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *