दाङ, कात्तिक ८ । रुकुम पश्चिममा शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
थप एक जनाको उपचारका क्रममा राति जिल्ला अस्पताल सल्लेमा मृत्यु भए संगै मृतकको संख्या आठ पुगेको हो ।
ं बाफिकोट गाउँपालिका – १ की २८ बर्षीया सबिता बिकको उपचारका क्रममा राति दश बजेपछि मृत्यु भएको थियो ।
त्यसअघि घटनास्थलमै आठबिसकोट नगरपालिका – ३ स्यालाकी ३० बर्षीया कमला वली, आठबिसकोट – १ का १६ बर्षीय टेकजंग बुढा, सोही वडाकी १५ बर्षीया दिलमाया बुढा, आठबिसकोट – २ की १७ बर्षीया मनिका वली, सोही वडाकी १८ बर्षीया सर्मिला विक, सोही वडाका २२ बर्षीय गोपाल वली र आठबिसकोट – १ की १५ बर्षीया कल्पना नेपालको मृत्यु भएको थियो ।
दुर्घटनाका दश घाइते मध्य आठबिसकोट – १ की १८ बर्षीया जुना बुढालाई थप उपचारका लागि बाँकेको नेपालगंजका लागि रिफर गरिएको छ ।
अन्य नौं घाइतेहरमा चालक मुसिकोट नगरपालिका –२ का ३४ बर्षीय टोपजंग बुढा, आठविसकोट – १ की १७ बर्षीया सिर्जना बुढा, सोही वडाकी १५ बर्षीया सपना नेपाल, आठविसकोट –२ की १७ बर्षीया संगिता बुढा, सोही वडाकी १९ बर्षीया शान्ती बुढा, सोही ठाउँकी १७ बर्षीया अञ्जना ऐरी, सोही ठाउँकी २० बर्षीया महिमा वली घाइते छन् ।
मध्यम अवस्थाका उनीहरु सबैको जिल्ला अस्पताल सल्लेमा उपचार जारी छ ।
दुर्घटनाकी घाइते मध्य आठबिसकोट – २ की १७ बर्षीया मनिषा थापा र सोही वडाकी १५ बर्षीया सविता बिकको अवस्था भने सामान्ने रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टले जानकारी दिएका छन् ।
बाफिकोट गाउँपालिका – ७ लिस्नेमा शुक्रबार बेलुका साढे ५ बजेतिर स्यालाखाँदी बाट खलंगा तर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबहाक जिप दुर्घटनामा परेको थियो । क्रिष्टियन धर्मालम्बिहरु मण्डलीबाट घर तर्फ फर्किदै गर्दा दुर्घटनामा परेका थिए ।
गाडी सडक बाट झन्डै सात सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुली सकेको छैन ।
