दाङ, कात्तिक ७ । भैलो खेल्ने क्रममा कुटपिट गरिएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – ४ गोग्दीस्थित दुमकट्टामा भैलो खेल्ने क्रममा स्थानीय ४४ वर्षीय सन्तबहादुर ठाडा मगरमाथि एक समुहले कुटपिट गरेको थियो ।
कुटपिटबाट घाइते मगरको उपचारको क्रममा स्थानीय लुम्बिनी मेडिकल बगैचामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवरपुरका प्रबक्ता डिएसपी मधु नेपालले जानकारी दिए ।
मगरमाथि कुटपिट गरि हत्या गरेको आरोपमा प्रहरीले जिल्लाको बिनयी त्रिबेणी गाउँपालिका–४ दुमकट्टाका २० बर्षीय धरन पाइजासहित थप दुई जना नाबालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मगरको शव पोष्ट मार्टमका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा राखिएको छ ।
प्रहरी हिरासतमा रहेका तीन जना माथि सोधपुछ हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार
