दाङ, असोज २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलन पछि मंगलबार पहिलो पटक सार्वजनिक रुपमै पार्टीको बैठकमा सहभागि हुन थालेका छन् ।
भदौ २४ गते जनेजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा तोडफोड, तुटपाट र आगजनी हुनुका साथै देउवा दम्पत्ति माथि निर्वाध कुटपिट तथा आक्रमणहरु भएका थिए ।
लामो समय उपचार पछि छुट्टै ठाउँमा भाडामा बस्दै आएका देउवा त्यस यता मंगलबार पहिलो पटक सार्वजनिक रुपमा पार्टीको बैठकमा सहभागी हुन थालेका हुन ।
पार्टी कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजेदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु हुन थालेको छ ।
देउवा पार्टीको बैठकमा उपस्थित हुनुका साथै र सम्बोधन गर्ने छन् ।
प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार

