तुलसीपुर , असोज २६ । तुलसीपुरमा जुवा खेलेको आरोपमा प्रहरीले नौं जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरुमा सीपुर उपमहानगरपालिका – ७ का ३६ बर्षीय प्रेमप्रकाश वली , तुलसीपुर –६ रजौराका ३३ बर्षीय रमेश बस्नेत, तुलसीपुर –५ बसपार्कका ३७ बर्षीय गौरीलाल वली , तुलसीुपर – ६ बरुवागाउँका ३८ बर्षीय दिनेश बन्जरा पक्राउ परेका छन् ।
त्यस्तै तुलसीपुर –५ नयाँबस्तीका २९ बर्षीय खुम बहादुर बिक, तुलसीपुर –८ दुधेनाक्ँ ५५ बर्षीय धनबिर बिक, तुलसीपुर –५ बसपार्कका ३३ बर्षीय सन्तोष भण्डारी, तुलसीुपर –६ रजौराका ३८ बर्षीय चेतलाल भण्डारी र तुलसीपुर –१६ लालपुरका ३४ बर्षीय तिलकराम केसी पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले जानकारी दिएका छन् ।
तास खेली रहेका उनीहरुको साथ बाट नगद ३४, ६०५ रुपैंया बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
भदौ २५ गते बेलुका ६ बजेतिर तुलसीपुर – ९ अटोभिलेज नजिकै राममाया घर्तीको घरमा छापा हानेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक बिनोदराज खत्रीको कमाण्डमा प्रहरी टोली जुवामा छापा हान्न गएको थियो ।
पक्राउ परेकाहरु बिरुद्ध जुवा ऐन अन्तरगत कारबाही हुने प्रहरीले जनाएको छ ।

