२०८२ कार्तिक २५ गते मङ्गलवार

मोटरसाइकलको ठक्करबाट ४ बर्षीया बालिका घाइते

तुलसीपुर , असोज २२ । तुलसीपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्कर बाट चार बर्षीया बालिका घाइते भएकी छन् ।


तुलसीपुर उपमहानगरपालिका – ४ गणेशपुरकी करुण गन्दर्भकी ४ बर्षीया छोरी शिक्षा गन्दर्भ अल्फाबेट नखुलेको मोटरसाइकलको ठक्करबाट घाइते भएकी हुन ।

बालिकाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।


घाइते बालिकाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि रिफर गरिएको छ ।

रक्षाचौरबाट गणेशपुर तर्फ जाँदै गरेको मोटरसाइकले बालिकालाई ठक्कर दिएर भागेको थियो । मोटरसाइकल र चालकको खोजी भइ रहेको छ ।

त्यस्तै बुधबार दिउँसो तुलसीपुर – १३ बखरियामा तुलसीपुरबाट नेपालगंज तर्फ जादै गरेको भे १ ख ४२१३ न।को बस आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो ।


उक्त दुर्घटनामा परि बसका सहचालक बाँके कोहलपुर नगरपालिका – ४ का २८ बर्षीय सुनिल विक र राप्ती सोनारी गाउँपालिका – ३ का २१ बर्षीया कृष्णी चौधरी सामान्ने घाइते भएका थिए ।

उनीहरु दुबै जना तुलसीपुरमा उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।

बस अनियन्त्रित भइ सडकको दाया साइडमा पल्टिएको थियो ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *