दाङ, असोज २१ । जेनजी आन्दोलनका क्रममा काठमाडौको कोटेश्वर क्षेत्रवाट लुटेको प्रहरी पेस्तोलसहित कैलालीका एक युवक मंगलबार प्रक्राउ परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका – १ का २३ बर्षीय आकाश शाही पक्राउ परेका हुन । शाहीले घरमा लुकाएर राखेको प्रहरीले प्रयोग गर्ने टाइप – ५४ लेखिएको चाइनिज पेस्तोल बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी प्रमुख डिएसपी रमेशदत्त अवस्थिले पक्राउ पर्दा शाहीका बिरुद्ध बिगतमा प्रहरीमा आगुऔषध सम्बन्धि र मोटरसाइकल चोरी सम्बन्धि मुद्दा चलेको बताए ।
पक्राउ पर्दाको बखत पनि शाही लागु औषध प्रयोग गरेका कारण लठ्ठीको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बरामद पेस्तोल र शाही बारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार

