दाङ, भदौ २८ । दाङमा खोलामा डुबेर आमा छोरीको मृत्यु भएको छ ।
लमही नगरपालिका – १ बसन्तपुरकी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको स्थानीय खोलामा डुबेर मृत्यु भएको हो ।
उनीहरु स्थानीय खोलामा जाल (हेलुका) लगेर शुक्रबार दिउँसो माछा मार्न गएका थिए ।
माछा मार्ने क्रममा आमा किमा खोलाको गहिरो खाडलमा फसेकी थिइन ।
आमा डुबेको देखेपछि छोरी होलिका आमालाई बचाउन भनेर सोही खाडलमा पसेकी थिइन । तर, आमालाई जोगाउन गएकी छोरीपनि फर्किन सकिनन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आमा र छोरी संगै डुबेको देखेपछि किमाका श्रीमान भरत जोगाउन भनेर खाडलमा पसेका थिए ।
भरतपनि मुस्किलले ज्यान जोगाउन सफल भएका थिए । प्रहरी निरीक्षक पाण्डेका अनुसार भरतको खुट्टामा हेलुकाको जाल फसेको हुँदा उनले पनि केही पानी खाएका थिए ।
प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
