
घोराही , भदौ २७ । घोराहीमा जेनजीको पर्दशनका नाममा तोडफोड र आगजनी गरि ध्वस्त पारिएको शालिकका ठाउँमा विपीको तस्बिर राखिएको छ ।
शुक्रबार बिहान नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीसहित नेताहरु पुगेर घोराही उपमहानगरपालिका – १५ स्थित विपी चोकमा तोडफोड र आगजनी गरिएको शालिकको ठाउँमा विपीको तस्बिर, राष्ट्रिय झण्डा र नेपाली काँग्रेसको भण्डा राखिएको हो ।
जेनजीको प्रदर्शनका नाममा भदौ २४ गते तुलसीपुर उपमहानगरपालिका – ५ स्थित विपी चोकको शालिकपनि तोडफोड पछि शालिक निकालेर मोटरसाइकलमा बाँधि लतार्दै आन्दोलनकारीका नाममा केही युवाले लगेका थिए ।
विपी चोकबाट तोडफोड पछि इलाका प्रहरी कार्यालय तुलसीपुरको बाटो हुँदै केही युवाले विपीको पूर्ण कदको शालिक मोटरसाइकलको पछाडि बाँधेर लैजाँदा कार्यायमा रहेका प्रहरी मुकदर्शक बनेका थिए ।
साथै उनीहरुले विपीको शालिक मोटरसाइकलमा पछाडि बाँधेर लतार्दै लैजाने ती युवाहरुलाई बाइबाइ र नमस्कारसमेत गरेको भिडियोहरु सार्वजनिक भएका छन् ।
घोराही र तुलसीपुरमा नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीको पूर्ण कदका शालिकहरु स्थापना गरिएका थिए । घोराहीमा रहेको विपीको शालिक तोडफोड पछि आगजनी गरि पूर्ण रूपमा नष्ट पारिएको थियो ।
घोराहीस्थित विपी चोकमा विपीको तस्बिर राख्न दाङका सभापति शंकरप्रसाद डाँगी, कोषाध्यक्ष प्रकाश सुवेदी, घोराहीका नगर सभापति तिलक रावत, नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेल लगायतका नेता कार्यकर्ता पुगेका थिए ।

