२०८३ साउन ११ गते सोमवार

जिल्ला र उच्च अदालतमा तोडफोड तथा आगजनीका कारण सेवाप्रवाह अनिश्चितकालका लागि स्थगित

तुलसीपुर, भदौ २५ । भदौ २४ गते घोराहीस्थित जिल्ला अदालत र तुलसीपुरस्थित उच्च अदालतमा जेन्जीको नाममा भएका पर्दशनका क्रममा भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण अनिश्चितकालिन रुपमा सेवा प्रवाह स्थगित गरिएका छन् ।


जिल्ला र उच्च अदालतले सार्वजनिक सूचना मार्फत तोडफोड, आगजनी तथा लुटपाटका कारण अदालतहरुमा रहेका अधिकाँस कागजपत्र, मिसिल, कम्प्यूटर, सवारी साधन लगाएत सेवा प्रवाह संग सम्बन्धित सामाग्री नष्ट भएका कारण बु्धबारका लागि तोकिएका पेशी तथा सेवा प्रवाह संग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको उल्लेख छ ।


त्यस्तै बिहीबारदेखि अर्थात भदौ २६ गतेदेखि पेशीमा रहेका मुद्दाहरुको सुनुवाइ तथा अन्य सेवा प्रवाह अर्कौ सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *