तुलसीपुर , भदौ २४ । दाङको घोराहीस्थित प्रमुख राजनीतिक दलहरुका पार्टी कार्यालयहरुमा तोडफोड भएको छ ।
घोराहीस्थित नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय, नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालय र नेकपा (माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको हो ।
प्रमुख दलका पार्टी कार्यालयहरु पुगेका जेनजी र उनीहरुका समर्थकहरुले काँग्रेस , एमालेका साथै माओबादी पार्टी कार्यालय भित्र प्रबेश गरि त्यहाँ रहेका फर्निचर तथा कुर्सी टेबुल तोडफोड गरेका हुन ।
एमाले कार्यालयका फर्निचरमा उनीहरुले आगजनीपनि गरेका छन् । उनीहरुले घोराहीमा जिल्ला प्रशासन कर्यालय, घोराही उपमहानगरपालिका लगाएत सरकारी कार्यालय अगाडि उनीहरुले पर्दशन गरि रहेका छन् ।
पर्दशनकारीले तुलसीपुरस्थित विपी चोकको शालिकमा राखिएको काँग्रेसको झन्डा निकालेर राष्ट्रिय झन्डा टाँगेका छन् भने मदन आश्रित चोकमा राखिएको उनीहरुका तस्बिर च्यातेर फालिदिएका छन् । त्यो ठाउँमा पनि उनीहरुले राष्ट्रिय झन्डा टाँगेका छन् ।