२०८२ कार्तिक २४ गते सोमवार

दाङका प्रमुख सहर तुलसीपुर र घोराहीमा जेनजीको पर्दशन जारी

दाङ, भदौ २४ । दाङका प्रमुख सहरहरु तुलसीपुर र घोराहीमा मंगलबार पनि जेनजीको पर्दशन जारी छ ।


जिल्लाका विभिन्न ठाउँमा जेनजीहरुले बिहानैदेखि प्रदर्शन थालेका छन् । तुलसीपुरमा उनीहरुले पर्दशन जारी राखेका छन् । बिहान ११ बजेपछि आन्दोलनहरु गरेका हुन ।

तुलसीपुरमा पर्दशनमा उत्रिएकाहरुले ‘युवा जति खाडीमा नेता जति गाडीमा’ केपी चोर देश छोर भन्ने जस्ता नाराबाजी गरि रहेका छन् ।

त्यस्तै घोराही जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका लगायका बिभिन्न सरकारी कार्यालय अगाडि उभिएर उनीहरुले नारा बाजीसहित प्रदर्शन गरि रहेका छन् ।


सोमबारको प्रदर्शन क्रममा काठमाण्डौं र इटहरीमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि जेनजी पुस्ता थप आक्रोसित भएको देखिन्छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *