२०८३ असोज २५ गते आइतवार

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको उपाध्यक्षमा दाङका सञ्तोष वली सर्वसम्मत


नेपालगंज, भदौ १८ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका नरेन्द्र थापा चयन भएका छन् ।

मंगलबार बाँकेको नेपालगंजमा भएको पहिलो प्रदेश अधिवेशनले बाँके नेपालगंजका नरेन्द्र थापाको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत अधिवक्ता बलबहादुर चन्दका अनुसार दाङ तुलसीपुरका सन्तोष वली उपाध्यक्षमा चयन गरिएका छन् ।

अधिवेशनका लागि दाङको प्रतिनिधित्व गर्दै संघका केन्द्रीय सदस्य जितबहादुर केसी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे(अरुण), संघका दाङ क्षेत्र नं. ३ का अध्यक्ष निरज श्रेष्ठ लगाएतको टोली बाँके पुगेको थियो ।


त्यस्तै महिला उपाध्यक्षमा रुपन्देहीकी मोतिकला गुरुङ चयन भएकी छन् । संघको सचिवमा मनमोहन लम्साल, सहसचिवमा खुशीराम चौधरी, दिनेश सहानी, खिमबहादुर सोमै थापा र पुजा शर्मा र कोषाध्यक्षमा मनोज भण्डारी चयन गरिएका छन् ।

सदस्यहरुमा इश्वरी भण्डारी, मिना खनाल, पूर्णप्रसाद डाँगी, मणिराम बटाला, लक्ष्मण घर्ती चक्र चिमिला क्षेत्री, सीमा तामांग, विष्णुमाया कुमाल, सरस्वती जिसी, मंगलप्रसाद बर्मा, नमराज रानामगर, अन्जना बुढामगर, खुमबहादुर घर्ती मगर, चेतना बुढामगर, घनश्याम थापा, सागर सोमै, सत्यमुनी शाक्य, नारायण जिसी र अनिल घर्ती मगर छन् ।

पदाधिकारीमा ९ र सदस्यमा १९ जना निर्वाचित गरिएपनि संघको ३७ सदस्यीय कार्यसमितिमा ९ जनालाई पछि मनोनित गरिनेछ ।


निर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समतिका मुख्य निर्वाचन अधिकृत चन्द र सहयाक निर्वाचन अधिकृत हिराबहादुर श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।


सो क्रममा अध्यक्ष नरेन्द्रले नवनिर्वाचित समितिले लुम्बिनी प्रदेशमा खेलकुदको सशक्त संस्थागत विकास, खेलाडीको हित र संरचनागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

अधिवेशन उद्घाटन सत्रका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य, नेपाल लोकतान्त्रिक खेलकुद संघका निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले विपी कोईराला र शुशिल कोईरालाको तस्विरमा माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।


अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री राजिव बिक्रम शाह, नेपाली काँग्रेसका केन्द्रीय सदस्य, खेलकुद विभाग प्रमुख एवं निर्वाचन निर्देशन समिति सदस्य उमेशजंग रायमाझी, काँग्रेसका केन्द्रीय सदस्य एवं निर्वाचन निर्देशन समिति सदस्य गणेश लामा, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, काँगे्रस बाँकेका सभापति नारायणप्रसाद गौडेल तथा प्रथम ओलम्पियन सुरेन्द्रबहादुर हमालले आफ्नो धारणा राखेका थिए ।


कार्यक्रममा भारोत्तोलनतर्फका ओलम्पियन सुरेन्द्रबहादुर हमाल र सुटिंगतर्फका ओलम्पियन पार्वती थापालाई संघले सम्मान गरेको थियो ।

प्रमुख अतिथि लगायतले ओलम्पियनद्वयलाई खादा ओढ्याएर सम्मान पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *