हेर्नुहोस कस्ता छन् – लक्जरियस बसहरु –

तुलसीपुर, असोज २५ ।
दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले मुलुकमै सबै भन्दा सुविधा सम्पन्न बसहरु भित्याएको दाबी गरेको छ ।
समितिका अध्यक्ष घनश्याम बस्नेतले पछिल्लो समय आफ्नो प्रालितमा भित्याएका तीन बसहरु सेवा सुविधाको हिसावले नेपालमै नम्बर वान भएको दाबी गरे ।
ती बसहरु सुपर लक्जरियस छन् । जस्का १६ सिटहरु सिंगल छन् भने अन्तिमका १९ सिटहरु मात्रै डबल छन् । अगाडि बीचमा दुई वटा कोलिया छ । एसी एयर सस्पेन्सर ती गाडीको हरेक सिटमा अक्सिजन उपलब्ध छ । बसमा प्राथमिक उपचारसहितको औषधिको ब्यबस्था छ । चालकको ठिक पछाडि यात्रुको सुविधाको लागि वासरुम (सौचालय) छ ।

अशक्त वा बिरामी तथा दम्पत्तिका लागि पछाडि सुतेर यात्रा गर्न मिल्ने सिल्पर सिटहरु छन् ।
अध्यक्ष बस्नेतका अनुसार नयाँ ल्याइएका ‘डेलिसिश ५ बसहरु’ आँफै चालकलाई सचेत तुल्याउने प्रबिधिपनि जडान गरिएको छ । ओभर स्पिड भए चालकलाई कम्यूटरले आँफै गति कम गर्न कमाण्ड दिने गर्छ भने निकै स्लो गति भएपनि अवस्था हेरी आँफै गति बढाउन निर्देशन दिने गर्छ ।
अरु बसहरुमा चक्कामा ब्रेक लाग्छ भने यसमा चक्काका साथै सापटमा पनि ब्रेक छ । जस्ले गर्दा गाडी चाहेको बेला ठाउँको ठाँउ रोकिने विश्वास गरिएको छ ।
नयाँ बस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले आँफुहरुले पछिल्लो समय भित्याएका बसहरु नेपालकै नम्बर वान बसहरु भएको दाबी गरे । उनका अनुसार हालसम्म याबुको सुविधाका हिसावले यत्तिको सुविधायुक्त गाडीहरु नेपालमा नभित्रिएको बताए ।
‘प्लेन चढन नपाएका सर्वसाधारण यात्रुलाई प्लेनको जस्तै सुविधा सडकमा गुड्ने गाडीमा दिउँ भन्ने चाहाना हो,’ उनले भने ‘ हाम्रो गाडीहरुमा प्लेनको जस्तै आरामदायी सिटहरु छन् ।’ उनले पिसाव गर्न मिल्ने सौचालय पनि क्याबिनमै रहेको हुँदा अब आमा तथा दिदी बहिनीहरुले जंगलमा लुकेर पिसाव गर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले यात्रुको सुविधालाई बिषेश ध्यान दिन आग्रह गरे । ‘सुन्दर बसले दिने सेवापनि सुन्दर र बिशिष्ट हुनुपर्छ,’ उनले भने ‘ लामो दुरीमा दुई जना चालक अनिवार्य राख्नु होला र उहाँहरुको सहज पहिचानको लागि पोशाकको पनि ब्यबस्था गर्नुहुन मेरो आग्रह छ ।’
कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात ब्यबसायी महासंघका केन्द्रीय सदस्य भुवन भुसालले एक नम्बर बसहरु संचालन गर्नेहरुले दिने सेवापनि एक नम्बर हुनुपनेृ बताए ।
साथै उनले सबै यात्रुलाई समान ब्यबहार गर्नपनि आग्रह गरेका थिए।

त्यस्तै स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष दीपक बुढाथोकीले जति स्तरिय बसहरु भित्रिदै गएका छन् सोही अनुरुप सेवाहरु पनि सुधार गदै लान जरुरी रहेको बताए ।
प्रालिका उपाध्यक्ष मोतिलाल न्यौपानेको स्वागत मनतब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीरकण कोषाध्यक्ष भिमबहादुर खत्रीले गरेका थिए ।
प्रालिका प्रशासनिक सचिव तथा हाल भित्याइएका तीन मध्य एउटा गाडीका धनी देबबहादुर बस्नेतले आँफुलाई एउटा ‘डेलिसियस ५’ बस किन्दा एक करोड १० लाख जति खर्च लागेको जानकारी दिए ।
यी बसमा दाङ – काठमाडौं (करिब ४५० मिटर दुरीको यात्रा गर्दा) एक जना यात्रुले दूई हजार पाँच सय रुपैंया भाडा तिर्नु पर्ने हुन्छ ।
नयाँ बस भित्याउँदा प्रालिले बसपार्क क्षेत्रमा बाजागाजासहित स्वागत गर्नुका साथै रोड – सो गरेको थियो ।




