
दाङ, असोज २५ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उपसभापति र महामन्त्री पदको मतगणना जारी छ ।
हालसम्म २ हजार २३१ मत गणना गरिसकिएको छ ।
कुल मत ७ हजार ४३ मत खसेको थियो ।
हालसम्मको परिनाम अनुसार उपसभापतिमा सबै भन्दा धेरै मत चन्द्र भण्डारी १ हजार ५७ र मधु आचार्यले ७१२ मत प्राप्त गरेका छन् ।
त्यसपछि सुरेन्द्रराज पाण्डेले ६८० मत, गोविन्द भट्टराई ६०९, धनराज गुरुङ ४०६ दीपक गिरी ३०१ र प्रा. डा. चन्द्रमोहन यादव १९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपसभापति समावेशीतर्फ हालसम्म विनोदकुमार चौधरीले सबै भन्दा बढी ६१५ मत प्राप्त गरेका छन् । त्यसपछि जीवन परियार ५७८, सीता गुरुङ ३३४ मत, फरमुल्लाह मन्सुर २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा प्रदीप पौडेल १ हजार ३८१ मतका साथ शिर्ष स्थानमा छन् । त्यसपछि उदय शम्शेर राणा ७८६, अमरसिंह पुन ६९५, डा. सुनिल कुमार शर्मा ५२६ मत, गुरुराज घिमिरे ३२८, नैनसिंह महर २७०, शंकर तिवारी ४६ र डा. सन्तोष उपाध्यायले २८ प्राप्त गरेका छन् ।
महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) ९६५, महालक्ष्मी उपाध्याय (डिना) ९५२, रिता खनाल २५१ मत प्राप्त गरेका छन् । मत गणना अझैं जारी छ ।
