२०८३ असोज २४ गते शनिवार

बसको टायरले किच्दा १० बर्षे बालकको घटनास्थलमै मृत्यु

दाङ, असोज २४ ।
प्यूठानमा बसको टायरले किच्दा एक जना १० बर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको प्युठान नगरपालिका – ३ का १० बर्षीय पुस्कर सुनारको मृत्यु भएको हो ।
बालक सुनार दिउँसो पौने ४ बजेतिर जुम्रीबाट प्युठान नगरपालिका – ३ ओखरबोट तर्फ जाँदै गरेको ना ४ ख ५९४६ नम्बरको बसको ढोका नजिकै उभिएर यात्रा गरि रहेका थिए । त्यही क्रममा उनी बसबाट लडेर टायरको मुनी पुगेको थिए । टायरले किचेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालक दाङ घोराही उपमहानगरपालिका – १२ का प्रेम गिरी प्रहरी नियन्त्रणमा छन् ।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *