२०८३ असोज ६ गते मङ्गलवार

दाङ जिल्ला भलिवल संघको अध्यक्षमा लक्ष्मण बस्नेत


तुलसीपुर, असोज ६ ।
दाङ जिल्ला भलिवल संघको अध्यक्षमा लक्ष्मण बस्नेत निर्विरोध निर्वाचित भएका छन । तुलसीपुर निवासी उनी सितोरियो कराँतेका बल्याक बेल्ट हुन । भलिबल लगाएत अन्य खेलमा पनि उनको बर्षौंदेखिको आवद्धता छ । बस्नेत लामो समयदेखि जिल्लाका बिभिन्न खेलकुद गतिबिधिमा सक्रिय रुपमा कलम चलाउँदै आएका पत्रकार हुन । बस्नेत बिभिन्न खेलुकुदका संघ संगठनहरुमा आवद्ध छन् । जस्ले जिल्ला खेलकुद बिकास समितिको नेतृत्वपनि गरि सकेका छन् ।
सोमवार बेलझुण्डीमा भएको संघको अधिवेशनले बस्नेतको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

जस्को बरिष्ठ उपाध्यक्षमा भरत कुवर, उपाध्यक्षमा भुमिसरा बाठा, महासचिवमा दुर्लभकुमार श्रेष्ठ र कोषाध्यक्षमा इश्वर केसी छन । त्यस्तै सदस्यमा राजु एरी, नवराज खत्री, लिलाबहादुर घर्ती, कमल दसौदी, पुरन विक र जितेन्द्र चौधरी चयन गरिएका छन् ।
अधिवेशनले बाँकी दुई सदस्य दाङ जिल्ला खेलकुद विकास समितिको सिफारिसमा थप गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ ।

संघका उपाध्यक्ष भरत कुवरको अध्यक्षता तथा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष भीम वलीको प्रमुख आतिथ्यमा भएको हो ।
अधिवेशनले भीमबहादुर डाँगीको संयोजकत्वमा मानबहादुर राना, कृष्ण डाँगी र खड्गबहादुर विकलाई सल्लाहकारमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष वली, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *