
दाङ, असोज २४ ।
कञ्चनपुरस्थित महाकाली नदीमा खसेर एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक बेपत्ता भएका छन् ।
शनिबार दिउँसो सवा १२ बजेतिर क्षेतिग्रस्त झोलुङ्गे पुल क्षेत्रमा डुँगा मार्फत नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक सइ सागरराज थारू महाकाली नदीमा खसेर बेपत्ता भएका हुन ।
कञ्चनपुरस्थित देवीस्थान गुल्म दोधारा चाँदनीमा कार्यरत सइ थारुको घर बर्दियाको ठाकुरद्धारा नगरपालिका – ६ मा हो ।
कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतका अनुसार बेत्तपा थारु सहितको टोली शनिबार टेलिकमको तार तान्नका लागि डुँगामा सवार भइ काम गरि रहेको थियो ।
त्यही क्रममा डुँगामा सवार सई थारुको सन्तुलन खलबलिएपछि उनी महाकालीमा नदीमा खसेर बेपत्ता हुन पुगेको डिएसपी रावतले बताए ।
दुई साता अघिको अबिरल बर्षाका कारण झोलुङ्गे पुलमा पुगेको क्षतिका कारण महेन्द्रनगरदेखि दोधाराचाँदनीसम्म विस्तार गरिएको नेपाल टेलिकमको तार पनि चुँडिएको थियो ।
सोही तार महाकाली नदीको वारपार तान्नका लागि सशस्त्र सइ थारु सहित सात जना खटिएका थिए ।
बेपत्ता सइ थारुेको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली खटिएको छ ।
