२०८३ असोज १८ गते आइतवार

प्रतिष्ठानको ९औँ वार्षिकोत्सवमा म्याराथन

तुलसीपुर, असोज १८ ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा आइतबार म्याराथन दौड आयोजना गर्‍यो ।
सात किलोमिटर दौडमा प्रतिष्ठानका चिकित्सक, नर्स, शिक्षक तथा कर्मचारी गरी करिब दुई सय जनाको सहभागिता थियो ।


प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. रामनारायण मण्डलले प्रतियोगिताको उद्घाटन गरको दौडमा पुरुषतर्फ दिवाकर मल्ल प्रथम, बिनय चौधरी द्वितिय र विज्ञान शाही तृतिय भए ।
त्यस्तै महिलातर्फ पवन थापा प्रथम, पुष्पाञ्जली ठाकुर द्वितिय र अप्सना खातुन तृतिय भइन ।
उनीहरुलाई मेडेल र प्रमाणपत्र प्रदान गरिने छ ।


प्रतिष्ठानको ९औँ वार्षिकोत्सवको समापन कार्यक्रम असोज २३ गते ार हुने भएको छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *