तुलसीपुर, असोज ७ ।

५ बर्ष अघि नेपाली काँग्रेसको तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा मतदान मार्फत निर्वाचित भए संगै युवा नेता सुरेश हमालले पार्टी र संगठन सुधारमा लाग्ने केही वाचाहरु गरेका थिए ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उनी २०७८ असोज ९ गते निर्वाचित हुँदा बैठक बस्नेसम्म ठाउँ थिएन । यद्यपी स्वर्गिय नेता खुमबहादुर खड्काले दिएको केही पैंशाले तुलसीपुरको धिताल परिवारले तुलसीपुर – ६ मा जग्गा दिएको थियो ।
जस्मा बिगतमै निर्माण गरिएको दुई कोठे भवन थियो । जहाँ क्षेत्रीय पार्टी कार्यालय संचालन गर्ने सम्म ठाउँको अभाव थियो । अर्कौ तर्फ बिजुली बत्तिको बिल, खानेपानी धाराको बर्षौंको बब्यौता कायमै थियो ।
सभापतिमा निर्वाचित भइ गइ सकेपछि हमाललाई लाग्न थाल्यो – दिनभर आहाराका लागि बिचरण गर्ने एउटा चरासम्म साँझमा आफ्नो गूडमा फर्किन्छ र उस्को आफ्नै एउटा घर हुन्छ भने काँग्रेस जत्तिकै ऐतिहासिक पार्टीको किन, एउटा आफ्नै बैठक बस्न मिल्ने घरसम्म नहुने ?
यातायात क्षेत्रका नेता तथा संघर्ष बाट हाल एक सफल ब्यबसायीको पहिचान बनाएका हमालले तत्काल पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरे । उनले त्यो कुरा सार्वजनिक रुपमै घोषणा र स्वच्छिक आर्थिक साहेताका लागि आह्वान गरे । सबै भन्दा पहिला पार्टीको भवन निर्माण गर्न आँफैले पनि तीन लाख बढी रकम जम्मा गरे ।
हाल तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रहेका बिनिल केसी हमाल नेतृत्वको काँग्रेस कार्यसमितिमा उपाध्यक्ष थिए । उनी भवन निर्माण समितिका संयोजक बने । केसीले पनि तीन लाख बढी ब्यक्तिगत रुपमा पार्टी कार्यालयको भवन निर्माणार्थ स्वच्क्षिक रुपमा जम्मा गरे ।
नगर सभापति हमालको आह्वान पछि स्थानीय शुभचिन्तकहरुले मात्रै होइन देश बिदेश बाटपनि धमाधम आर्थिक साहेता आउन थाल्यो । नगर कार्यसमितिका लागि छुट्टै भवन तथा कार्यालय बनाए । त्यसको सुरक्षार्थ मानिस बस्न मिल्ने थप कोठाहरु निर्माण गरे ।
आन्तरिक भेला वा छलफलका लागि जुट्नु पर्दा घाम पानी वा खुल्ला आँकास मुनी बस्नु पर्ने बाध्यताको अन्त्य गर्न एउटा दुई सय ५० जना जति मानिस अट्न सक्ने सभाहल निर्माण गरे ।
त्यसको माथि जिप्सन लगाएर चिटिक्क हल निर्माण गरे । काम युद्ध स्तरमै गरे । बर्ष दिन नपुग्दै यी सबै संरचना तयार भएका थिए । नगर सभापतिबाट निवर्तमान हुँदै गरेका सभापति हमालका अनुसार ती कामहरु गर्दा आधा करोड बढी खर्च भएको थियो ।
त्यो सभाहलको भित्तामा संस्थापक नेता विपी कोइरालादेखि बिज्ञ र बिद्धानका जीवन उपयोगी अन्य त्यस्तै बाणीहरु कोरिएका छन् । बाहिर प्राङगणमा सबै शिर्ष तथा संस्थापक नेताहरुका शालिकहरु स्थापना पनि गरिएका छन् ।
दुभाग्र्य, आपसमा सहयोग संकलन गरि निर्मित ती सबै संरचना र शालिकहरु समेत २०८२/०५/२४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरि नष्ट गरिए ।

त्यहाँ राखिएका सोफा, फर्निचर र छानोमा लगाइएको जिप्पसन लगाएतमा झोसिएको आगो र गरिएको तोडफोड बाट सभाहल प्रयोग बिहिन बन्यो । फेरि पनि हमाल नेतृत्वको कार्यसमितिले हार मानेन । हमालले खरानी टकटक्याउँदै उठ्ने प्रण गरे । केही समय पछि फेरि ध्वस्त संरचना निर्माणमा जुटे । आँफैले पनि पैंशा थपे र नजिकका केही साथीहरु संग सहयोगी हातहरु बढाए ।
६ महिना भित्रै आगजनी बाट प्रयोग बिहिन अवस्थामा पुगेको सभाहल पहिले जस्तै सुन्दर र चिटिक्क बनाउन सफल भए । पुर्नं निर्माणमा झन्डै १२ लाख बढी खर्च भएको हमालले बताए ।
सभापतिमा निर्वाचित हुँदै गर्दा हमालले नगरका १९ वटै वडाहरुमा पार्टी कार्यालयहरु निर्माण गर्ने बाचा गरेका थिए । तर, उनको त्यो बाचा भने आँशिक रुपमा मात्रै सफल भएको देखिएको छ । यो बीचमा वडा नं. ९ र १५ मा मात्रै पार्टीको आफ्नै वडा कार्यालय भवन निर्माण भएका छन् ।
वडा नं. २ र ११ मा वडा पार्टी कार्यालयका लागि जग्गा प्राप्त भइ भवन निर्माणका लागि शिलन्यास समेत भइ सकेको छ । यद्यपी भवन निर्माणको प्रक्रिया अगाडि बढी सकेको छैन । अन्य वडाहरुमा जग्गा प्राप्तीको समस्याका कारण पार्टीका लागि हरेक वडामा आफ्नै वडा भवन निर्माण गर्ने आफ्नो सपना पुरा हुन नसकेको हमाल स्वीकार गर्छन । जग्गा खरिदमा लाखौं करोडौं लाग्ने हुँदा समस्या भएको र जग्गा दाता खोज्ने क्रम अबको कार्यसमितिले पनि जारी राख्नु पर्ने उनको सुझाव छ ।
‘ मैले जग हालेको छु र त्यहाँ एउटा इट्टा भएपनि बसालेको छु,’ उनले भने ‘ अब आउने नयाँ नेतृत्वले त्यसलाई निरन्तरता दिने छ भन्ने मलाई विश्वास छ ।’
वडा नं. ३ मा भने हमाल आउनु भन्दा पहिलै काँग्रेसको आफ्नै भवन छँदै थियो ।
पार्टीको लागि मात्रै होइन हमाल नेतृत्वको कार्यसमितिले केही सामाजिक कार्य गर्दैै आँफुलाई अब्बल साबित गर्न सफल भएको छ ।
तुलसीपुर – १२ बबई नदीस्थित सितलपुर घाटमा ट्रष्टसहितको मलामी प्रतिक्षालय, तुलसीमैरो, शब राख्ने ठाउँ निर्माण गरेको छ । त्यो निर्माण गर्न ४ लाख बढी खर्च भएको हमालले बताए ।

उनका अनुयायी हुन वा हामी संग कुरा गरेका केही अग्रज नेताहरुले समेत पार्टीका लागि भवन तथा कार्यालय निर्माणको दृष्टिकोणले नगर सभापतिका रुपमा हमालको कार्यकाल एकदमै सफल र स्वर्णिम भएको टिप्पनी गरेका थिए ।
‘उहाँ जत्तिको पार्टीका लागि केही सक्ने अझ भनौं भने पार्टी भित्र उभार ल्याउन सक्ने युवाहरुको यतिखेर पार्टीलाई ठूलो खाँचो छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक अग्रज नेताले भने ‘ यतिखेर काँग्रेस अप्ठेरोमा छ र चौतर्फी आक्रमण खेपी रहेको छ , यस्तै उर्जावाण युवाहरु अरुपनि बढ्न जरुरी छ ।’
यतिखेर जारी पार्टीको १५औं महाधिबेशन बाट तुलसीपुरको नगरभापतिमा वीरेन्द्रकुमार शाह आउने लगभग निश्चित जस्तै देखिएको छ । उनका बिरुद्ध कसैले पनि उम्मेदवारी दिने देखिएको छैन । शाह लगातार दोस्रो कार्यकाल वडा नं. ५ मा वडाध्यक्षमा निर्वाचित ब्यक्ति हुन । हालपनि उनी वडाध्यक्ष छन् । शाह सरल र सहज स्वभावका छन् । जस्को काँग्रेसमा बर्षौंको योगदान छ । शाहकी बहिनी हमालले बिहे गरेका छन् । हमाल नाताले शाहका ज्वाँइ हुन । ज्वाँइको बिडो थाम्न जेठान कति सक्षम हुन्छन् त्यो भने भविश्यले बताउने छ ।
जेनजी आन्दोलन पछि गत माघमा भएको पार्टीको बिषेश महाधिवेशनमा जिल्लाबाट सबै भन्दा सक्रिय भूमिका निर्वाह गर्ने पनि यि नै युवा नेता हमाल थिए । हमाल सभापति गगन थापाका बिश्वास पात्र मध्यका एक मानिन्छन् । उनी आउने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट तुलसीपुरको मेयरको संभावित र एक जना बलियो उम्मेदवारका रुपमा हेरिएका छन् ।
