२०८३ असोज ५ गते सोमवार

नेपाली कांग्रेस तुलसीपुर -१८ को सभापतिमा बिदुर गौतम

बिजौरी,असोज ५ । नेपाली कांग्रेस तुलसीपुर – १८ को सभापतिमा बिदुर गौतम निर्बिरोध निर्बाचित भएका छन ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत सम्पन्न भएको वडा अधिबेशनबाट गौतम सभापती पदमा निर्बिरोध निर्बाचित भएका हुन ।

उक्त अधिबेशनले उपसभापतिमा महिला तर्फ कृष्णि कुमारी बस्नेत,उपसभापति खुल्ला तर्फ हांसिराम नेपाली,सचिबमा भेषराज बुढाथोकी ( बिजय ) सहसचिबमा मानमहादुर चौधरी चयन भएका छन । त्यस्तै सदस्यहरुमा महिला तर्फ कमला चौधरी,सरिता घर्ती,दीपा पौडेल चयन भएका छन ।

सदस्य दलित तर्फ कृपाराम नेपाली,सदस्य युवा तर्फ बामदेब गौतम,थानेस्वर खड्का,सदस्य खुल्ला तर्फ झग बहादुर डागी,बुद्धिराम केसी ,सुदीप वली र असोक वलि चयन भएको निर्वाचन अधिकृत खटकु गिरीले जानकारी दिए ।
अधिबेशनबाट क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् ।

सर्वसम्मत अधिवेशन सम्पन्न गर्न वडा सभापति बिरेन्द्र खड्काको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा नेपाली कांग्रेस दाङ २- का सचिब हिमबहादुर डागि र साबिक बिजौरी गाविसका पुर्व सभापति वसन्त कुमार शर्मा सदस्य रहेका थिए ।

निर्वाचनको पद्धति अनुसार,आपसी सहमती र बिधानले ब्यवस्था गरे अनुरुप नेतृत्व चयन गर्न सफल भएको निर्बाचन अधिकृत गिरीको भनाइ छ ।

उनका अनुसारअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरूलाई आजै प्रमाणपत्र वितरण गरिएको छ । साथै, नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरिएको निर्वाचन अधिकृत गिरिले जानकारी दिए ।

को-को भए क्षेत्रीय प्रतिनिधि ?

क्षेत्रीय प्रतिनिधितर्फ खुला तर्फ नदन कुमार शर्मा,वसन्त कुमार शर्मा,हिम बहादुर डागि,राम कुमार डागि,बिरेन्द्र खडका,कृष्ण बहादुर डागि,शिवराज पोख्रेल,धन बहादुर डागि,माधव वली,प्रेम बहादुर बस्नेत,मुर्ती प्रसाद गौतम (शिवहरी) हरिस चन्द्र भण्डारी,बिजय गौतम र बिनोद बहादुर बस्नेत चयन भएका छन् ।

महिलातर्फ बालिका पन्त,पुस्पा वलि भुसाल,मिना बस्नेत,सीता रावल (केसी)राधिका भुसाल ,कल्पना बस्नेत,भिमा कुमारी नेपाली,नारायणी रेग्मी र नौसरी खडक चयन भएका छन् ।

त्यस्तै पेशागत विषय विज्ञतर्फ सुनिल कुमार पोख्रेल चयन भएका छन् ।

युवातर्फ यमकला भुसाल गौतम ( महिला) ,बिप्लव डागि,बामदेव केसी,सारदा रिजाल वलि,संजित खडका,गुणनिधि पोख्रेल चयन भएका छन् ।

त्यस्तै, समानुपातिकतर्फ तिलक नेपाली,चित्र बहादुर नेपाली ( दलित ) होम बहादुर शेरचन थकाली,घनस्याम बुढाथोकी ( जनजाती )
हुम बहादुर डागि,नरबहादुर बस्नेत,चिन्ता मणि पोख्रेल,ओमराज सुवेदी,शेरबहादुर बस्नेत,रविराज गौतम,कमल बहादुर रावत र कृष्ण प्रसाद लामिछाने चयन भएका छन् ।


श्रमिकतर्फ श्रीप्रसाद चौधरी चयन भएका छन् ।
त्यस्तै थारु तर्फ गद्दुलाल चौधरी ,प्रेमा चौधरी ,टंक बहादुर चौधरी चयन भएका छन । अंपाग तर्फ कृष्ण बहादुर खत्री चयन भएका छन ।दलित तर्फ आसाराम नेपाली ( शंकर) चयन भएका छन भने प्रजातान्त्रिक सेनानी/सहिद परिवार,द्वन्द्व प्रभावित तर्फ अर्जुन कुमार रेग्मी र पुस्करराज शर्मा चयन भएका छन ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *