२०८२ कार्तिक २४ गते सोमवार

अट्वारीको अवशरमा दाङसहित ६ जिल्लामा सार्वजनिक विदा

दाङ, भदौ ६ । लुम्बिनी प्रदेश सरकाले थारु समुदायको पर्व ‘बड्का अत्तवारी’को अवसरमा ६ जिल्लाहरुमा बिदा दिएको छ ।
भदौ ८ गते दिन थारुहरुको सघन बसोबास रहेका ६ जिल्लाहरुमा सार्वजनिक बिदा दिइएको छ ।


दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशमा १२ जिल्लाहरु छन् । ती मध्य थारु समुदायको बसोबास बढी रहेका जिल्लाहरुमा बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रबक्ता कृष्णप्रशाद नेपालले सार्वजनिक सूचना मार्फत ८ गते बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।


‘बड्का अत्तवारी’को थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने गर्छन । शनिबार नै थारु पुरुषहरु दर खाने गर्छन । सुर्य अस्ताय पछि मात्रै दर खाने चलन छ । पुरुषहरु आँफै रोटी पकाउँछन् ।

रोटी पकाउँदा उनीहरु एकतर्फी मात्रै पकाउँछन् । पौराणिक कथा अनुसार भीमले रोटी पकाउँदा पकाउँदै छोडेर युद्धमा जानु परेको थियो । त्यसैको संझनामा आँफुलाई भिमका सच्चा अनुयायी ठान्ने थारुहरु एकतर्फी रोटी मात्रै पकाउने गर्छन ।

मटवा महासंघका केन्द्रीय अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार उपलब्ध भएसम्म बिभिन्न आधा दर्जन बढी प्रकारका तरकारीहरु पकाउँछन् । दरमा काँक्रा, अम्बा जस्ता फलफूल अनिवार्य मानिन्छन् ।


दिदी बहिनीका लागि भाग छुट्याउँछन् । अट्वारीको दिन बिषेश गरि आगो र भिमको पूजा गर्ने चलन छ । त्यसको अर्थ भिम जस्तै बलबान र आगो जस्तै राप र ताप युक्त बन्न सकौं भनेर कामना गर्छन ।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *