२०८३ भाद्र ११ गते बिहिवार

लोकसेवाको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

दाङ, भदौ ५ । सुर्खेतमा लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।


जाजरकोटको छेडगाड नगरपालिका – १२ का धर्मराज चनारा, जिल्लाको कुशे गाउँपालिका – ७ सामाकोटका २५ बर्षीय श्यामशंकर सिंह, दैलेखको भगवतीमाई गाउँपालिका – ५ का सुशिल शाही र वडा नं. ७ का २० बर्षीय भरत तिरुवा परीक्षाहलबाट पक्राउ परेका हुन ।


सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले बुधबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ७ स्थित लोकसेवा आयोगको सुर्खेत कार्यालयमा संचार / इन्जिनियर प्राबिधिक प्रहरी जवानको परीक्षाबाट दुई जना पक्राउ परेपछि अरुलाई पनि पक्राउ गरिएको बताए ।

डिएसपी बुढथापाका अनुसार धर्मराज चनाराको नागरिकता र प्रबेश पत्रमा (फोटो बदली) आफ्नो फोटो राखेर श्यामशंकर सिंहले परीक्षा दिइ रहेको फेला परेपछि सिंह पक्राउ परेका थिए ।

त्यस्तै सुशिल शाहीको नागरिकता र प्रबेश पत्रमा भरत तिरुवाले झुक्याउन आफ्नो फोटो राखेर परीक्षा दिइ रहेको समयमा पक्राउ परेका थिए ।


पक्राउ परेकाहरु बिरुद्ध लिखित कीर्ते सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *