दाङ, भदौ १ । अदातलबाट सर्वश्वसहित जन्मकैद तोकिएका एकजना फरार प्रतिबादी पक्राउ परेका छन् ।
बाँकेको साबिक नौंबस्ता गाविस– ४ का ६३ बर्षीय आशाराम थारु १३ बर्ष पछि आइतबार पक्राउ परेका हुन ।
२०६३/०३/३० गते थारुले स्थानीय गणेश बादीलाई राति १० बजेतिर हत्या गरेको आरोप थियो ।
सोही ज्यान मुद्दामा फैसला सुनाउँदै जिल्ला अदालत बाँकेले १३ बर्ष पहिले २०६८/०९/२१ गते सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
बादी त्यसयता फरारको सूचिमा थिए । थारुलाई पक्राउ पछि आइतबार नै अदालतमा पेश गरिएको थियो ।
बाँकेका प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले अदालतको आदेशले थारुलाई तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको बताए ।
प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार

