तुलसीपुर, साउन ३१ । तुलसीपुरको बसपार्कबाट तास खेली रहेका चार युवा पक्राउ परेका छन् ।
होटेलमा हारजित हुने गरि जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक बिनोदराज खत्रीको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोलीले४३ आठ सय ९० नगदसहित चार युवालाई पक्राउ गरेको हो ।
साउन २९ गते बेलुकी तुलसीपुर उपमहानगरपालिका – ५ न्यूरोडस्थित ‘मिलन गेष्ट हाउस’ भित्र कोठामा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर –४ का ३२ बर्षीय सुरेन्द्र मल्ल, तुलसीपुर –८ का ३१ बर्षीय लोकेन्द्र वली, गेष्ट हाउस संचालाक ४९ बर्षीय कमानसिंह केसी र सल्यान बागचौर नगरपालिका –७ का ३२ बर्षीय राजेन्द्र पुनलाई पक्राउ गरिएको इप्रकाका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
पक्राउ परेकाहरु बिरुद्ध पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद प्राप्त भएको प्रहरी निरीक्षक मगरले बताएका छन् ।

