२०८२ कार्तिक २१ गते शुक्रवार

एम्बुलेन्स दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

दाङ, साउन २६ । एम्बुलेन्स दुर्घटनामा परि जाजरकोटमा चालकको घटनास्थलमै मृत्यु भएको छ ।


जिल्लाको भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

गएराति करिब १ बजेतिर भेरी नगरपालिका – १ कोलचौर नजिकै कल्ले बाट मैदे तर्फ जाँदै गरेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स कल्ले खोलामा दुर्घटना परेको थियो ।

भित्री सडक खण्डमा दुर्घटनामा परेको एम्बुलेन्स सडक खण्डदेखि झन्डै एक सय मिटर मुनी खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी वशन्त शर्माले बताए ।

प्रहरीका अनुसार चनारा एक्लै एम्बुलेन्समा सवार थिए ।
दुर्घटना बारे प्रहरीलाई बिहान ८ बजेपछि मात्रै सूचना आएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *