२०८२ कार्तिक २९ गते शनिवार

तीजको नाच हेरि फर्किदै गरेकी १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार

दुई युवा पक्राउ

दाङ, साउन २५ । दैलेखमा तीजको नाच हेरि रातिमा घर फर्किदै गरेकी एक जना १३ बर्षीया बालिकालाई लखेटी लेखेटी सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।


साउन २३ गते राति मध्य रातिमा तीजको नाच हेरि घर फर्किने क्रममा एक जना बालिकालाई दुई जनाले लखेटी लखेटी कुटपिट गर्दै सामुहिक बालात्कार गरेका छन् ।

जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका –८ का २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाहीलाई प्रहरीले सामुहिक बलात्कारको आरोपमा पक्राउ गरेको छ ।


नाच गान र रमाइलो हेरि एकै उमेर समुहका ४/५ जना किशोरी घर फर्किने क्रममा भण्डारी र शाहीले बाटोमा लेखेटी लेखेटी एक बालिकालाई समातेका थिए ।

अरु बालिका भाग्न सफल भएपनि भण्डारी र शाहीले हानेको ढुँगाले बालिकाको हातमा चोट लागेपछि उनी लडेकी थिइन । त्यही क्रममा समातेका थिए । समातेपछि बालिकाले केही नर्ग भन्दै हात जोडेकी थिइन । त्यसपछि उनी माथि कुटपिट भएको थियो ।


सडक किनारमै उनीहरुले ती बालिका माथि पालै पालो बलात्कार गरेको प्रहरी निरीक्षक सुनारले बताए ।

भागेर जोगिन सफल अन्य बालिकाहरुले तत्कालै घर पुगेर घटना बारे अभिभावकलाई बताएका थिए ।

तत्कालै अभिभावक घटनास्थल आएको थाहाँ पाएपछि बलात्कार बाट अचेत बनेकी बालिकालाई सडक किनारमै छोडेर भण्डारी र शाही भागेका थिए । त्यसपछि अभिभावकले ती बालिकालाई राता रात जिल्ला अस्पताल दैलेखमा उपचारका लागि पठाएका थिए ।


शुक्रबार पीडित बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा पुगेर भण्डारी र शाहीका बिरुद्ध किटानी जाहेरी दिएका थिए ।


प्रहरीले खोजी गर्ने क्रममा उनीहरुलाई सोही दिन बेलकी ८ बजेतिर पक्राउ गरेको थियो ।

प्रहरी निरीक्षक सुनारका अनुसार बलात्कार पछि बालिका मानसिक रुपमा बिक्षिप्त अवस्थामा छिन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइ रहेको छ ।


उपचारमा संलग्न स्वास्थ्य कर्मीका अनुसार बालिकाको गुप्ताङ्गमा घाउ खतहरु रहेको पाइएको छ । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको दाहिने हातमा चोट पटक देखिएको तथा मर्किएको अवस्था छ ।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *