२०८३ असार ५ गते शुक्रवार

लमहीका ठकुरी नगद र गहना गरि २५ लाख बराबर चोरीको आरोपमा पक्राउ

दाङ, साउन १२ । कपिलबस्तुबाट एक घरबाट २५ लाख बराबरको सुनका गरहगना चोरीको आरोपमा दाङ लमहीका एक युवक पक्राउ परेका छन् ।


कपिलबस्तुको शिवराज नगरपालिका – ५ प्रगति टोलका दीपक न्यौंपानेको घरबाट साउन ६ गते बिहान ३ बजेको समयमा सुनका गरहगना र नगद गरि २५ लाख बराबरको चोरी भएको थियो ।


घटना अनुसन्धानका क्रममा संकित ब्यक्तिहरुको हुलियाको आधारमा खोज तलास गर्ने क्रममा दाङको लमही नगरपालिका – ४ अर्नवाका ३२ बर्षीय टोपेन्द्रसिंह ठकुरी पक्राउ परेका हुन ।


कपिलबस्तुका प्रहरी प्रबक्ता डिएसपी रितेन्द्रकुमार सिंहका अुनसार कपिलबस्तुको शिवराज नगरपालिका – ५ प्रगति टोलका दीपक न्यौंपानेको घरबाट चोरी गरेका बिभिन्न सुनका गरगहना ठकुरीले लमहीको अर्नवास्थित आफ्नो घरमा लुकाइ छिपाइ राखेको अवस्थामा बरामद भएको हो ।

प्रहरीले खान तलासी गर्दा लमहीको अर्नवास्थित घरमा उनकी श्रीमति मात्रै थिइन ।
ठकुरी भने कपिलबस्तुको शिवराज नगरपालिका – १ बनकट्टाबाट पक्राउ परेको प्रहरी प्रबक्ता सिंहले बताए ।


दाङ लमहीको अर्नवास्थित ठकुरीको घरबाट प्रहरीले रानी हार १ थान, सिक्री १ थान, झुम्का १ जोडा, ब्रासलेट १ थान, टप ३ जोडा, हार १ थान, मुन्द्रा १ जोडा बरामद भएको डिएसपी सिंहले बताए ।


चोरीको घटना अनुसन्धानमा बिभिन्न प्रबिधिको प्रयोगले प्रहरीका ठकुरीसम्म पुग्न सफल भएको डिएसपी सिंहले बताए ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *