२०८२ कार्तिक २९ गते शनिवार

मोटरसाइकल दुर्घटनामा परि ३ जना घाइते, २ को अवस्था गम्भीर

दाङ, साउन ८ । मोटरसाइकल दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।


सल्यानको शारदा नगरपालिका – ९ का २२ बर्षीय टोजबहादुर पुनले चलाएको लु.४ प. ९९६८ नम्बरको मोटरसाइकलले पैदल यात्री शारदा – ९ सुनचौरका ७३ बर्षीय प्रेम पुन मगरलाई ठक्कर दिएको थियो ।

त्यो दुर्घटना पछि दुबै जना गम्भीर घाइते रहेका छन् । उनीहरुको टाउको र हातखुट्टामा चोट रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार टोजबहादुरको भान्जी बनगाड कुपिण्डे नगरपालिका – १० की ३ बर्षीया दिनिशा घर्ती मगरपनि घाइते भएकी छन् । बायाँ आँखा र छातीमा भित्री चोट खेपेकी उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।


बिहीबार दिउँसो साढे १ बजेतिर शारदा – ९ तल्लो फारम नजिकै खलंगादेखि लाखमारे तर्फ जादै गरेको मोटरसाइकले पैदल यात्रुलाई ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

तीनै जनाको जिल्ला अस्पताल खलंगामा उपचार भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *