तुलसीपर , असार ३१। घोराहीबाट मकवानपुर उपमहानगरपालिका – १८ का २७ बर्षीय इश्वर अधिकारी आइतबार दिउँसो घोराहीबाट एक जना बिरामीको फोटोसहित रसिद दिएर सहयोग उठाउँदै हिडेको समयमा पक्राउ गर्यो ।
उनी मकवानपुरको कलैया गाउँपालिका – १० घर भइ हाल ललितपुरको बागमती गाउँपालिका – २ माल्टाको बगुवामा बस्दै आएका ३७ बर्षीय युवराज भोलानको नाममा रसिद देखाउँदै सर्वसधारणबाट रकम उठाइ रहेका थिए ।
उनी पक्राउ परेपछि आँफुखुसी रसिद छपाइ सहयोग रकम उठाउँदै हिड्ने गिरोह रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
झापा इटहरीका युटुबर सुवाश बिकले अधिकारीलाई मासिक १८ हजार तलब दिएर सर्वसाधारण बाट पैंशा माग्न खटाएको खुलेको छ ।
दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाका अनुसार बिकले अधिकारी जस्तै १२ जनालाई मासिक १८ हजार तलब दिएर दाङ र बाँकेका बिभिन्न स्थानमा मानिसहरु खटाएर रसिद देखाउँदै रकम उठाउने र त्यो रकम आँफुले खर्च गर्ने गरेको तथ्य अनुसन्धानबाट खुलेको छ ।
यो बीचमा अधिकारीले बाँकेबाट ४० हजार रकम सहयोग संकलन गरि बिकलाई पठाएपनि पीडित भोलानले भने त्यो रकम आँफुले नपाएको बताएका छन् । अधिकारीले केही दिनमै दाङबाट २५ हजार रकम संकल गरि सकेको प्रहरी समक्ष बयान गरेका छन् ।
बोनम्यारोमा क्यान्सर पीडित युवराज भोलानले हालसम्म बिभिन्न ब्यक्तिले क्यूआर मार्फत आँफुले जम्मा २१०० मात्रै प्राप्त गरेको बताएका छन् । त्यो पैंशा पनि बिभिन्न ब्यक्तिले पठाएको पैंशा थियो । कसैले पाँच र कसैले सात सय रुपैयाँ पठाएको उनले जानकारी दिए ।
जाहेरी बिना लामो समय थुनामा राख्ने नपाउने अवस्थालाई मध्यनजर गर्दै आएको भएपनि अभद्र ब्यबहार शिर्षकमा म्याद थप गरि अनुसन्धान अघि बढाएको एसपी तिमिल्सिनाले बताएका छन् ।
आरोपित बिक भने पटक पटक फोन गर्दापनि कुरा गर्न तयार भएनन् ।
