दाङ, असार १८ । रुकुम पश्चिम श्रीमानले खुकुरी प्रहार गरि श्रीमतिको हत्या गरेका छन् ।
जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँकी ३० वर्षीया देविका बुढाथोकीको ३२ वर्षीय श्रीमान चन्द्रबहादुर बुढाथोकीले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
चन्द्रले राति घरमै श्रीमतिको घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टले जानकारी दिए ।
स्थानीयले घटनाबारे जानकारी दिएपछि राति नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले चन्द्रलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीपनि बरामद भएको जानकारी दिएको छ ।
डिएसपी बिष्टकका अनुसार आपसी बिबाद पछि श्रीमानले श्रीमती माथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भीक अनुसन्धान बाट खुलेको जानकारी दिए ।
श्रीमान – श्रीमतीका बीचमा यसअघि पनि पटक / पटक झगडा हुने गरेको कुरा खुल्न आएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

