दाङ, असार १६ । रोल्पाबाट तुलसीपुर तर्फ आउँदै गरेको जिप दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
दिउँसो ४ बजेतिर त्रिवेणी गाउँपालिका – ३ सुकिदहस्थित भित्री सडक खण्डमा बसारेदेखि तुल्सीपुर तर्फ आउँदै गरेको रा. १ ज. ६३१ नम्बरको डबल क्याप जिप बाटो बाट झन्डै २० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि चालक जिल्लाको गंगादेव गाउपलिका – ४ का २२ बर्षीय चन्द्रप्रकास केसी सोही ठाउँका ३२ बर्षीय दिपक थापा, ३२ बर्षीय कमल डाँगी , २७ बर्षीय ढकाश थापा , ४३ बर्षीय बिरबहादुर थापा र २७ बर्षीय अमृता थापा घाइते भएका छन् ।
जिपमा कुल ६ जना सवार थिए । घाइते सबैको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।
घाइते सबैलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
दुर्घटनाको खबर पाउना साथ अस्थायी प्रहरी पोष्ट बुढागाउँमा बाट प्रहरी सहायक निरीक्षक राजकुमार घर्तीको कमाण्डमा ५ जनाको टोली खटेर घाइतेको उद्धार गरि अस्पताल पठाएको थियो ।
दुर्घटनाको कारण खुली सकेको छैन ।

