दाङ, असार १६ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकै दिन चार जना बिभिन्न मुद्दाका फरार प्रतिबादी पक्राउ गरि अदालतमा पेश गरेको छ ।
अदालतमा पेश गरेका मध्य आर्थिक जरिवाना तोकिएका दुई महिला तोकिएको जरिवाना बुझाएर छुटेपनि जेल सजाय तोकिएका दुई पुरुष भने अदालतको आदेशले कारागार चलान भएका छन् ।
बलात्कार मुद्दामा अदालतबाट २ बर्ष ६ महिना कैद सजाय तोकिएका जिल्लाको चौकुने गाउँपालिका – ३ का रमेश बुढा र हातहतियार खरखजना मुद्दामा ५ महिना कैद र ५००० आर्थिक जरिवानको फैसला सुनाइएका गुर्भाकोट नगरपालिका – ९ का गणेशबहादुर डाँगी कारागार चलान गरिएका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार अदालतमा पेश गरिएका मध्य कुटपिट मुद्दामा जनही २५०० जरिवानको फैसला भएका भेरीगंगा नगरपालिका – ११ की चन्द्रकला बिक र गिता कामी भने अदालतले तोकिएको जरिवाना बुझाएर सोमबार नै रिहा भएका हुन ।
