दाङ, असार १४ । त्रिभुवन आर्मी क्लबले प्रथम लुम्बिनी रोड रेस जितेको छ ।
शनिवार भउको प्रतियोगितामा महिला र पुरुष दुबै स्पर्धामा आर्मीले उपाधि जितेको हो ।
लुम्बिनी खेलकुद परिषदले दाङको घोराही आयोजना गरेको १० किलोमिटर रोड रेसमा पुरूष महिला दुवै तर्फ आर्मी क्लवका खेलाडी प्रथम मेडल जितेका हुन ।
पुरूष तर्फ निर्धारित दुरी ३१ मिनेट ३० सेकेन्ड ४८ मिलिसेकेन्डमा पार गर्दै आर्मीका संजय श्रेष्ठ प्रथम हुँदा ३१ मिनेट ३९ सेकेन्ड १४ मिलिसेकेन्डमा त्यो दुरी पार गर्दै आर्मीकै नरेन्द्र रावत दृतिय भएका छन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लवका नागेश्वर यादव ३१ मिनेट ४५ सेकेन्ड १९ मिलिसेकेन्डमा निर्धारित दुरी पार गर्दै तृतिय भएका हुन ।
त्यस्तै महिला तर्फ निर्धारित दुरी ३७ मिनेट ४० सेकेन्ड ४७ मिलिसेकेन्डमा पार गर्दै आर्मीकै निशा सार्की प्रथम भइन भने एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्ड ६३ मिलिसेकेन्डमा निर्धारित दुरी पूरा गर्दै दृतिय बनिन् ।
प्रतियोगितामा एपीएफकै दीपा परियार ३९ मिनेट २१ सेकेन्ड ९८ मिलिसेकेन्डमा निर्धारित दुरी पार गर्दै तृतिय हुन सफल भइन । प्रथम, दृतिय र दतृतिय हुनेहरुलाई क्रमश ५० हजार, ३० हजार र २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले आगामी वर्षमा पनि लुम्बिनी रोड रेसलाई निरन्तरता दिने बताएका थिए ।