२०८२ असार २४ गते बुधवार

मेटमणि विरुद्धको चेक अनादर प्रकरण – उजुरी फिर्ता लिन अर्कौ पत्र

तुलसीपुर, असार ८ । दाङको क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद मेटमणि चौधरीको बिरुद्ध हुलाक मार्फत चेक अनादर जाहेरी पठाएका ब्यबसायी प्रहरीमा सनाखत गर्न नगएपछि मुद्दा दर्ता नै हुन सकेन ।


बरु उल्टै जाहेरीकर्ताले आइतबार हुलाक मार्फत जाहेरी फिर्ताको लागि जिल्ला प्रहरी कार्यालय दाङमा पत्राचार गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

रोल्पा घर भइ पछिल्लो समय दाङको घोराहीमा बस्दै आएका निर्माण ब्यबसायी धात बुढा मगरले बुधबार ५ करोड ४० लाखको चेक अनादर सम्बन्धि जाहेरी हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएका थिए ।

मगरको नामबाट आइतबार फेरि हुलाक मार्फत त्यो उजुरी फिर्ता लिन चाहेको कुरा हुलाक मार्फत आएको एसपी तिमिल्सिनाले बताए ।

नेकपा (एकीकृत समाजबादी) का सचेतक तथा उपमहहानसचिवसमेत रहेका चौधरीका बिरुद्ध हुलाक मार्फत उजुरी पठाएका ब्यक्तिलाई प्रहरीले सनाखतका लागि बोलाउँदापनि उनी गएका थिएनन् ।
एसपी तिमिल्सिनाका अनुसार सनाखत नभइ जाहेरी दर्ता हुन सक्दैन ।


हप्ता दिन भित्र पीडित भनिएका ब्यक्ति सनाखतका लागि प्रहरी कार्यालय पुग्नु पर्छ । पीडित भनिएका मगर सनाखत गर्न प्रहरीमा आउँदै नआएको हुँदा मुद्दा दर्ता गर्न नमिलेको एसपी तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *