दाङ, असार ८ । बाँकेमा एक दश बर्षे बालकको डुबेर मृत्यु भएको छ ।
बारा जिल्लाको देउताल ननगरपालिका– २ दक्षिण झिर्केमा घर भइ हाल बाँकेको खजुरा गाउँपालिका – ३ खजुरा बजारमा कोठा भाडा गरी बस्ने मुस्ताक निया ठकुराईको छोरा १० बर्षे ताजिर अलीको डुबेर मृत्यु भएको छ ।
शनिबार बेलुकी ५ बजेतिर साथिहरू संग स्थानीय पेडारी नालामा पौडी खेल्ने क्रममा अली डुबेर बेपत्ता भएका थिए । शनिबार खोजी गर्दा फेला पर्न सकेका थिएनन् ।
आइतबार दिउँसो उनको शब फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ असार ७ गते आइतवार