घोराही, असार ५ । दाङ महिला जेसीजको आयोजनामा जेसीस सप्ताह २०२५ को अवसरमा आज आयोजित फुटसल प्रतियोगितामा महिला पत्रकारको समुह विजयी भएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष नारायणी रजौरेको नेतृत्वमा रहेको महिला पत्रकार समुह विजयी भएको हो । राजनीतिक दल, संघसंस्था र जेसीजका महिला गरेर खेलमा चार समुहको सहभागिता रहेको थियो ।
खेलको समापन दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको थियो ।
त्यसअबसरमा प्रदेश सभा सदस्य कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले दाङ महिला जेसीजले यूवाको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा पनि निकै उत्कृष्ट कार्य गर्दै आएको बताएकी थिइन् ।
महिलाहरु हरेक तहमा अग्रसर भएर आफनो जिम्मेवारी वहन गर्न आबश्यक रहेको उनले बताइन । महिलालाई सक्षम र स्वरोजगार बनाउनका लागि आफनो तर्फबाट पनि सधै साथ र सहयोग रहने धारणा राखेकि थिइन् ।
कार्यक्रममा जेसीज आस्था पाठ प्रकरण निर्देशक रेमन्ता पुनले गराएकी थिइन् भने कार्यक्रमको सहजिकरण महासचिव भिमा डिसीले गरेकी थिइन् ।
दाङ महिला जेसीजले जेसीस सप्ताहको अबसरमा यसअघि विभिन्न कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक प्रज्ञा स्वर्णकारले जानकारी दिइन ।