२०८२ असार २४ गते बुधवार

पार्टीको झण्डा ओढाएर शास्त्रीलाई देउवाले दिए श्रद्धाञ्जली

काठमाडौं,असार ४। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वउद्योगमन्त्री एवं कांग्रेसका स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

सोमबार काठमाडौं निधन भएका शास्त्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

पार्टी कार्यालयमा सभापति देउवा लगायत नेता, कार्यकर्ता, शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए ।

कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

कांग्रेस सभापति देउवाले मुलुकको परिवर्तनमा स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको महत्त्वपूर्ण योगदान रहेको बताए । संघीयताको बहसको सुरुवात गर्ने व्यक्ति नै शास्त्री भएको उनले बताए ।

यसैबीच बुधबार कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८२ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *