२०८२ कार्तिक २२ गते शनिवार

बबईका वडाध्यक्ष र पालिका अध्यक्षमाथि आक्रमण गर्नेहरु अझैं पक्राउ परेनन्

तुलसीपुर, असार ३ । बबई गाउँ पालिका वडा नम्बर– १ का वडाअध्यक्ष प्रेमबहादुर डाँगीमाथि जेठ २८ गते दिन दाहाडै हापुरे बजारमा लाठी प्रहार भयो । लाठी प्रहार बाट उनको टाउको र हातमा चोट लागेको थियो ।
वडाध्यक्षले टाउकोमा ९ वटा टाँका लगाउनु परेको थियो ।

घटनापछि गाउँपालिकाले कारबाहीको माग गर्दै सार्वजनिक गरेको बक्तब्यमा वडाध्यक्ष डाँगीमाथि सोही वडाको केउरेनीका २५ बर्षीय प्रकाश बुढाथोकीले आक्रमण गरेका थिए ।

गाउँपालिकाबाट आफ्नो गाउँ तर्फ फर्किदै गर्दा हापुरे बजारमा खाजा खान होटेल तर्फ प्रबेश गर्दै गर्दा आँफु माथि पछाडि बाट एकाएक आक्रमण भएको वडाध्यक्ष डाँगीले फरककोणलाई बताएका थिए ।

प्रहरीका अनुसार केही दिन पहिला मात्रै वडाध्यक्ष डाँगीका बिरुद्ध बुढाथोकीले सामाजिक सञ्जाल फेस बुकमा स्ट्याटस लेखेका थिए । त्यो स्ट्याटस पछि वडाध्यक्ष डाँगीले इलाका प्रहरी कार्यालय खिलतपुरमा बुढाथोकीका बिरुद्ध ठाडो उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा इप्रकामा उनीहरका बीचमा मौखिक सहमति भएको थियो । स्रोतका अनुसार सोही दिन प्रहरी परिशर भित्रै वडाध्यक्ष पक्षधर एक युवकले बुढाथोकीमाथि झापट हानेका थिए ।

त्यही कुरालाई लिएर बदला लिन वुढाथोकीले वडाध्यक्षलाई लाठी हानेको अनुमान गरिएको छ । वडाध्यक्ष डाँगी नेकपा एमाले बाट निर्वाचित ब्यक्ति हुन भने आक्रमणमा संलग्न भनिएका युवक नेपाली काँग्रेस निकटका मानिन्छन् ।

सोही दिन बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि बुधबार दिउँसो कार्यकक्षमै एक युवकले हेलमेट प्रयास गरेका थिए ।

बबई – ७ चरकमटियाका सुरेश भनिने सुरेन्द्र हमालले हेलमेट प्रहार गरेको गाउँपालिका अध्यक्ष खत्रीले घटनापछि बताएका थिए । गाउँपालिकाले घटना पछि कारबाहीको मागसहित सार्वजनिक गरेको बक्तब्यमा पनि सोही कुरा उल्लेख छ ।

आँफु कार्यकक्षमै बसिरहेको समयमा हमालल आएर एकाएक आँफुमाथि हेलमेट प्रहार गरेको र कार्यकक्षमा रहेका अन्य सेवा ग्राहीले आँफुलाई जोगाएको गाउँपालिका अध्यक्ष खत्रीले फरककोणलाई बताएका थिए ।

अध्यक्ष खत्रीले हमालले कार्यापालिकामा भित्र तोडफोड समेत गरेको बताए । एउटा दराजपनि फुटेको उनले जानकारी दिएका थिए ।


उनीहरु बीचको यो लफडाको कारण बालुवा गिट्टी उत्खनन्को सवाललाई लिएर भएको थियो ।

गाउँपालिका अध्यक्ष खत्रीले हमालले झारगजेरी घाटमा बिना अनुमति बालुवा गिट्टीको मनपरी उत्खनन् गरि रहेको र त्यो रोकिने अवस्था आएपछि आँफुमाथि आक्रमण भएको दाबी गरेका थिए । तर, स्रोतका अनुसार हमाललाई बालुवा गिट्टीको काम गर्न भनेर गाउँपालिका अध्यक्ष खत्री लगाएत अन्य कर्मचारीले आश्वासन दिएका थिए ।

सोही अनुरुप हमालले आफ्नो तर्फबाट तयारी पुरा गरेका थिए । बिभिन्न ब्यक्तिहरु संग टिपर र जेसिबी भाडामा लिएका थिए ।

अन्तिममा आएर पालिकाले उत्खनन्का लागि दिनुपर्ने अनुमति पत्र समयमै दिएन । हमालको लगानी र पैंशा डुब्ने अवस्था सृजना भएपछि उनी आवेशमा आएको स्रोतले बताउँछ ।

गाउँपालिका अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन भने हमालपनि काँग्रेस निकटकै रहेको स्रोतले बताउँछ ।
यी दुबै घटनाका आरोपीलाई हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रहरी स्रोतका अनुसार दुबै जनाको खोजी कार्य तीब्र पारिएको छ । कतिपय भने भित्रभित्रै कुरा मिलाउने प्रयास भइ रहेको बताउँछन् ।

प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *