२०८२ कार्तिक ३० गते आइतवार

मैसम बिभागको खबरदारी – दाङ, बाँकेसहित आसपासमा सावधानी अपनाउनु

दाङ, जेठ २८ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले दाङ र बाँके लगाएत आसपासका जलाधार क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

म्हाशाखाले नदी तथा खोला आसपासका क्षेत्रमा बर्षा हुने र त्यसले बाढीको जोखिम देखिएको भन्दै स्थानीयलाई सतर्कता अपनाउन सुझाएको छ ।

दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र आसपासमा बर्षाको संभावना औंल्याउँदै त्यस क्षेत्रका नदी तथा खहरे खोलाहरुका बाढी बढ्ने सम्भावना देखिएको हुँदा तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन आग्रह गरेको हो ।

यी जिल्लाहरुलाई पहेँलो चिह्न अर्थात मध्यम जोखिममा राखेको छ । महाशाखाले ठूलो बर्षा हुने र बाढीको जोखिम औंल्याएको भएपनि दाङको तुलसीपुर, घोराही क्षेत्रमा भने दिउँसो ४ बर्षसम्म बर्षा भएको छैन ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *