२०८२ कार्तिक २९ गते शनिवार

कति थियो आज दाङको अधिकतम तापक्रम ?

कहिले देखि कम हुन्छ दाङको उकुस मुकुसको अवस्था

तुलसीपुर, जेठ २७ । मंगलबार बेलुकी पख दाङमा हल्का बर्षा भयो । त्यो बर्षा पछि जिल्लाबासीले ठूलो राहात महसुश गरेका छन् । बिगत चार दिन यता दाङमा निकै गर्मी महसुश भइ रहेको थियो ।
त्यो गर्मीका कारण जिल्लाबासी आजिद थिए ।

तर, मंगलबारको बर्षाले थोरै भएपनि सितलता प्रदान गरेको छ ।
पानी परेपछि धेरैले सामाजिक सञ्जालहरुका खुसी साटेका थिए । गर्मीबाट थोरै भएपनि राहात मिलेको कुरा लेखेका थिए ।
दाङको अधिकतम तापक्रम कति पुगेको छ ?

मौसम बिभाग कार्यालय घोराही दाङका अनुसार मंगलबार बेलुकी साढे ५ बजेको अधिकतम तापक्रम ३५ दशमलब ६ मात्रै मापन भएको थियो । त्यस्तै बिहान मापन गरिएको न्यूनतम तापक्रम २७ दशमलब ६ थियो ।

त्यस्तै बायूको गति ० दशमल ५ र बायूको सापेक्षित आद्रत ६१ दशमलब ५ मापन गरिएको थियो । बेलुका साढे ५ बजेतिर घोराहीस्थित मौसम कार्यालयमा बर्षाको रेकर्ड भएको थिएन ।

हल्का बर्षापछि पनि उत्तिकै गर्मी वा उम्सो महसुश भइ रहेको छ । शरिरबाट खलखली पसिना आइ रहेका छन् । जस्को मुख्य कारण बायूको गति ० दशमल ५ र बायूको सापेक्षित आद्रता ६१ दशमलब ५ पुग्नुलाई मानिएको छ ।

बुधबार थप केही बर्षा भएपछि बल्ल बायूको सापेक्षित आद्रता कम हुन थाल्ने छ । मौसम बिदहरुका अनुसार बिहीबारसम्म अधिकाँस पहाडी प्रदेश र देशभर बर्षाको संभावना छ । त्यसपछि भने अहिलेको उकुस मुकुसको अवस्था सकिने आशा गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *