२०८२ असार २३ गते मङ्गलवार

घोराहीको भिङ्ग्रेली होटेलमा जुवा खेलीरहेका तीन जना पक्राउ

झन्डै डेढ लाख बरामद


दाङ, जेठ २२ । दाङको घोराहीस्थित होटेल भिङग्रेलीमा जुवा खेली रहेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।


उनीहरूको साथबाट नगद १ लाख ४७ हजार ४ सय ७० रुपैयाँ र ८ बुक तास बरामद भएको प्रहरीले जानकारी दिएको छ ।


घोराही उपमहानगरपालिका – १५ स्थित भिङ्ग्रेली होटेलको ८०२ नम्बरको कोठामा जितहार हुने गरि जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले राति छापा हानेको थियो ।

प्रहरीले छापा हानेर जुवा खेलीरहेको आवस्थामा घोराही उपमहानगरपालिका – ५ का ३४ वर्षीय खुमबहादुर कार्की , २९ वर्षीय आकाश लम्साल र घोराही – १४ का ४६ वर्षीय बालाराम खड्कालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।


पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *