
चखौरा , जेठ २२ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्लाष्टिक मुक्त अभियान तत्काल पालिका तहबाट सुरु हुनुपर्ने बताएका छन् ।
अन्तराष्ट्रिय वातावरण दिवसको अवशरमा डिभिजन वन कार्यालय दाङले दंगीशरण गाउँपालिका – ३ स्थित चखौरामा आयोजना गरेको बृक्षा रोपन कार्यक्रम पूर्व सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेतासमेत रहेका चौधरीले दिवस मनाउने मात्रै नभइ वडा तहबाट प्लाष्टिक मुक्त अभियान तत्काल सुरु गर्न जरुरी रहेको बताएका हुन ।
मानिसले मनपरी गरेको वातावरण विनासका र प्लाष्टिक जन्य फोहरका कारण हिमालहरु नाङ्गा हुँदै गएको जताततै प्लाष्टिक जन्य फोहर मात्रै बढेको हुँदा त्यो नियन्त्रणका लागि स्थानीय तह र वडाहरुबाट प्लाष्टिक मुक्त अभियान तत्काल सुरु गर्न जरुरी रहेको उनले बताए ।
तुलसीपुर बजारको प्लाष्टिक जन्य फोहर बगेर गौरीगाउँ लगाएतका खेतबारीमा पुग्ने गरेको भन्दै वडा तहबाट त्यस्ता फोहर जन्य बस्तुहरु नियन्त्रणमा लाग्न जरुरी भइ सकेको उनले बताएका हुन ।
‘ मेरो क्षेत्रमा प्लाष्टिक जन्य फोहर मुक्त र बिषादी मुक्त छ भन्ने अभियान तत्काल चलाउन जरुरी छ,’ उनले भने ‘ रुख विरुवा रोपेर हरियाली बढाउनपनि उत्तिकै जरुरी छ ।’
जंगल मानिस लगाएत सबै जिवजन्तुको खानाको भण्डार भएको भन्दै सालका पात, मालुको पातको प्रयोग बढाउन सके प्लाष्टिक जन्य बस्तुको उपयोग कम हुने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्काले हरियाली पर्बद्धनका लागि सडक किनारमा रुख बिरुवा रापिएको र त्यसका लागि पालिकाले नौं लाख बजेट छ्ट्याइएको बताइन ।
प्लाष्टिक जन्य बस्तुको बढ्दो प्रयोग भविश्यका लागि खतराको संकेत भएको भन्दै त्यो न्यूनिकरण गर्दै हरियाली पर्बद्धन गर्न जरुरी रहेको बताइन ।
इलाका प्रशासन कार्यालयका प्रमुख महेश गुरुङले प्लाष्टिक जन्य फोहर मानव स्वास्थ्यका लागि मात्र नभइ हरेक जीव जन्तु र वातावरणका लागि समेत निकै घातक रहेको हुँदा त्यस्को न्यूनिकरणमा सबै सचेत नागरिक लाग्नु पर्ने बताएका थिए ।
प्लाष्टिकहरु समुन्द्र, नदी , ताल– तलैया लगाएतमा मिसिएको हुँदा जलिय चक्र नै प्रदुशित भइ जलचल प्राणिका साथै मानिस र वातावरणमा पनि निकै नकारात्मक असर परेको उनले बताए ।
दंगीशरण – ३ का वडाध्यक्ष शुकलाल चौधरीले प्लाष्टिकको प्रयोगले डरालाग्दो अवस्था आउन थालेको भन्दै आउने सन्ततिको लागि सबैले सोच्नु पर्ने बेला आएको बताएका थिए । प्लाष्टिकको उपयोगका साथै प्लाष्टिकको जंगफूड प्रयोगमा प्रतिबन्ध लगाउने गरि भूमिका खेल्ने बताए ।
त्यस्तै डिभिजन वन कार्यालय दाङका बरिष्ठ वन अधिकृत ओमबहादुर वलीले मानविय गतिविधि र बढ्दो प्लाष्टिक जन्य बस्तुको प्रयोगका कारण वातावरणमा पर्दुशन बढ्दै गइ पृथ्बी तातो हुँदै गइ धेरै समस्याहरु निम्तने खतरा औंल्याएका थिए । वातावरण पर्दुशनको मुख्य कारण प्लाष्टिकको प्रयोग रहेको भन्दै उनले त्यसको प्रयोगमा न्यूनिकरण जरुरी रहेको बताएका थिए ।
डिभिजन वन कार्यालय दाङका प्रमुख विसेन्द्र सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यालयका बरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टेकन आचार्यले गरेका थिए ।


